default_image

4 years ago

August 7, 2021

ब्राजिललाई ओलम्पिक फुटबलमा स्वर्ण

264 views

0 Bookmark

एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तर्गत ब्राजिलले लगातार दोस्रो पटक पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ । शनिबार फाइनलमा स्पेनलाई २-१ ले हराउँदै ब्राजिल पदक रक्षा गर्न सफल भएको हो ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयको दोस्रो हाफमा माल्कमले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । त्यसअघि ब्राजिलले निर्धारित ९० मिनेटमा आक्रामक खेल प्रस्तुत गर्दै अग्रता लिएपनि जित हासिल गर्न भने सकेको थिएन ।

खेलको ३८ औं मिनेटमा रिचार्लीसनले पेनाल्टी चुकाउँदा ब्राजिल अग्रता लिनबाट चुकेको थियो । उनले गरेको प्रहार पोस्टभन्दा निकै बाहिर गएपछि खेल बराबर नै रहयो । तर पहिलो हाफको इन्ज्युरी समयमा माथिअस कुन्हाले गोल गर्दै अग्रता दिलाए । दायाँ विंगबाट आएको क्रसलाई स्पेनका डिफेन्डरले क्लिअर गर्न नसक्दा कुन्हाले सहजै गोल गरेका थिए ।

दोस्रो हाफको ६१ औं मिनेटमा मिकेल ओयाराज्बलले स्पेनलाई बराबरीमा ल्याए । उनले कार्लोस सोलेरको क्रसलाई ६ यार्ड बक्स नजिकबाट पहिलो टचमै शक्तिशाली प्रहारमार्फत गोल गरेका थिए । खेलको ८८ औं मिनेटमा स्पेन अग्रता लिनबाट चुक्यो । टोटेनहमका नयाँ मिडफिल्डर ब्रायन गिलले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार क्रसबारमा लाग्दा स्पेन स्वर्ण पदकबाट बन्चित बनेको थियो ।

अतिरिक्त समयको १ सय ८ औं मिनेटमा माल्कमले विजयी गोल गरे । एन्टोनीले दिएको थ्रु पासलाई उनले पेनाल्टी क्षेत्रबाट शक्तिशाली प्रहार गर्दै गोल गरे । उनको प्रहारलाई गोलरक्षक उनाइ सिमोनले हात लगाएपनि बाहिर पठाउन सकेनन् ।

यससँगै ब्राजिल ओलम्पिकमा लगातार स्वर्ण जित्ने पाँचौ राष्ट्र बनेको छ । यसअघि अर्जेन्टिनाले पनि ओलम्पिकमा लगातार दुई स्वर्ण जितेको थियो । सन् २००४ र २००८ मा अर्जेन्टिना स्वर्ण जित्न सफल भएको थियो । समग्रमा ब्राजिल यो उपलब्धि हासिल गर्ने पाँचौ राष्ट्र हो । यसअघि बेलायत (१९०८ र १९१२), हंगेरी (१९६४ र १९६८) र उरुग्वे (१९२४ र १९२८) ले लगातार स्वर्ण जितेका थिए ।

यो पनि : निरजले दिलाए भारतलाई पहिलो स्वर्ण

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.