4 years ago
August 7, 2021
एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तर्गत एथ्लेटिक्सको ज्याभलिन थ्रोमा निरज चोपराले भारतलाई पहिलो स्वर्ण दिलाएका छन् । निरजले ८७.५८ मिटरको प्रदर्शनसहित स्वर्ण पदक जितेका हुन् ।

प्रतियोगिताको स्वर्ण पदक दावेदार मानिएका जर्मनीका जोहानेस भेटरले फाइनलमा समेत स्थान बनाउन नसक्दा निरजको स्वर्ण पदकको सम्भावना बलियो बनेको थियो । चेक रिपब्लिकका दुई खेलाडीले निरजलाई पछ्याएपनि पछि पार्न सकेनन् । चेकका याकुब भाद्लेचले ८६.६७ मिटरसहित रजत र भितेस्ज्लाभ भेसेलीले ८५.४४ मिटरसहित कास्य पदक जिते ।
पाकिस्तानका अर्शद नदीम ८४.६२ मिटरको प्रदर्शनसहित पाँचौ भए । एक समय पदक जित्ने सम्भावना देखाएका उनले पछिल्लो प्रयासमा सुधार गर्न नसक्दा पाँचौ स्थानमा सिमित रहे । अर्शदले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा ८६.२९ मिटरको कीर्तिमानका साथ ओलम्पिकमा छनोट भएका थिए । उक्त प्रदर्शन दोहोर्याउन सकेको भएपनि उनले कास्य पदक जित्ने थिए ।
यता भारतले भने निरजको स्वर्ण सहित टोकियो ओलम्पिकमा पदक संख्या ७ पुर्याएको छ । भारतले १ स्वर्ण, २ रजत र ४ कास्य जितेको छ । भारोत्तोलनमा मिराबाई चानुले रजत पदक जित्दै भारतको पदकको सिलसिला सुरु भएको थियो । कुस्तीमा रवी दहियाले पनि रजत जितेका थिए ।
शनिबार नै कुस्तीमा बजरङ पुनियाले कास्य पदक हासिल गरे । त्यसअघि ब्याडमिन्टनकी पीभी सिन्धु, बक्सिङकी लाभ्लिना बोर्गोहाई तथा पुरुष हकी टोलीले पनि कास्य पदक जितेका थिए ।
भारतले हक्कीबाहेक अन्य खेलमा स्वर्ण जितेको यो दोस्रो अवसर हो । यसअघि सुटिङका अभिनव बिन्द्राले सन् २००८ को बेजिङ ओलम्पिकमा स्वर्ण जितेका थिए । भारतले ओलम्पिकको एथ्लेटिक्समा कुनैपनि पदक जितेको यो पहिलो अवसर हो ।
भारतले ओलम्पिकमा स्वर्ण जित्दा नेपालको बिडम्बना भने यस्तो छ : नेपालको ओलम्पिक यात्रामा पदाधिकारीको जात्रा
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]