default_image

3 years ago

August 15, 2021

राष्ट्रिय टोलीको प्रशिक्षण पोखरामा जारी

पोखरा (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको पोखरामा दुई साता लामो प्रशिक्षण क्याम्प जारी छ । टोलीले भदौमा भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल समेत खेल्दैछ । तस्बिर : सुदर्शन रञ्‍जित पछिल्लो समय प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको विवादका कारण प्रशिक्षणमा केहि असर परेको थियो । तर एन्फाले टोलीलाई यसबीचमा […]

72 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको पोखरामा दुई साता लामो प्रशिक्षण क्याम्प जारी छ । टोलीले भदौमा भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल समेत खेल्दैछ ।

तस्बिर : सुदर्शन रञ्‍जित

पछिल्लो समय प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको विवादका कारण प्रशिक्षणमा केहि असर परेको थियो । तर एन्फाले टोलीलाई यसबीचमा १० दिनको छुट्टि दिँदै पोखराबाट प्रशिक्षण सुचारु गरेको हो । यसअघि एन्फाले प्रशिक्षक अलमुताइरीलाई प्रशिक्षण नदिन भनेपनि मंगलबार प्रशिक्षण सुरु हुनुभन्दा एक दिन अघि नै प्रशिक्षणमा सहभागी हुन पत्र काटेको थियो ।

टोलीले मंगलबारदेखि दुई साता पोखरामा रहेर प्रशिक्षण गर्दैछ । पोखरा जानुअघि प्रशिक्षक अलमुताइरीले टोलीमा केहि परिवर्तन गरेका थिए । पोखरामा हुने प्रशिक्षणमा यसअघि बाहिरिएका गोलरक्षक विशाल सुनार, मिडफिल्डर सेसेहाङ आङदेम्बे र विंगर शिशिर लेखिलाई पुन: टोलीमा समावेश गरिएको थियो । त्यसअघि प्रशिक्षक अलमुताइरीले ५० सदस्यीय प्रारम्भिक टोलीबाट १४ खेलाडीलाई बाहिर राख्दै ३६ खेलाडीलाई दोस्रो चरणमा समेटेका थिए ।

तस्बिर : सुदर्शन रञ्‍जित

एरिक विष्ट र प्रकाश बुढाथोकीले भने पोखराको प्रशिक्षण क्याम्पमा सहभागि छैनन् । पोखरामा ३८ सदस्यीय टोलीले दुई साता प्रशिक्षण गर्ने योजना रहेको छ । छनोटमा ६ गोलरक्षकका रुपमा कप्तान किरण चेम्जोङ, दीप कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार र अर्पण कार्की छन् । त्यस्तै फरवार्ड आशिष लामा, अभिषेक रिजाल, भरत खवास, मनिष डाँगी, जर्जप्रिन्स कार्की, नवयुग श्रेष्ठ, अन्जन विष्ट, सन्जोग राई र सुनिल बल पनि टोलीमा छन् ।

डिफेन्डर अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, राजन गुरुङ, रणदिप पौडेल, रञ्‍जित धिमाल, रोहित चन्द र सुमन अर्याल टोलीमा अटाएका छन् । मिडफिल्डमा नितिन थापा, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, शिशिर लेखि, आयुष घलान, विशाल राई, विक्रम लामा, कमल थापा, राजीव लोप्चन, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन लामा, सुरज जिउ ठकुरी, तेज तामाङ र त्रिदेव गुरुङ रहेका छन् ।

तस्बिर : सुदर्शन रञ्‍जित

यसअघि प्रारम्भिक छनोटबाट डिफेन्डर अमित तामाङ, विवेक बस्नेत, गौरव बुढाथोकी, निरज बस्नेत र निशान खड्का तथा मिडफिल्डर डोना थापा, मिक्छेन तामाङ र रवी पासवान बाहिरिएका थिए । फरवार्ड दर्शन गुरुङ, प्रेजेन तामाङ र सुदिल राई पनि दोस्रो चरणमा बढ्न सकेनन् ।

साफ च्याम्पियनसिप अघि नेपालले भारतसँग दशरथ रंगशालामा १७ र २० भदौमा दुई मैत्रीपुर्ण खेल खेल्नेछ । नेपालले भारतबाट नै प्रस्ताव आएको कारण खेल पक्का भइसकेको बताइरहँदा भारतले भने खेल हुनेबारे अन्तिम निर्णय बाँकी रहेको बताएको छ । भारतले अझै खेलबारे औपचारिक घोषणा गरेको छैन ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.