default_image

3 years ago

August 19, 2021

इटालियन स्टार लोकाटेली युभेन्ट्समा

67 views

0 Bookmark

एजेन्सी – युरो विजेता इटालीका स्टार मिडफिल्डर म्यानुयल लोकाटेली इटालियन महारथी युभेन्ट्समा अनुबन्धित भएका छन् । युभेन्ट्सले लोकाटेलीलाई ३२ मिलियन पाउन्डमा सिरी ‘ए’ प्रतिद्धन्द्धी सस्सुलोबाट ५ वर्षको लागि अनुबन्ध गरेको हो ।

अब २३ वर्षीय युवा मिडफिल्डर सन् २०२६ सम्म युभेन्ट्समा रहनेछन् । लोकाट्लीले बुधबार नै युभेन्ट्सको प्रशिक्षण स्थलमै रहेको मेडिकलमा मेडिकल परिक्षण भइसकेको छ । लोकाटेलीले युभेन्ट्समा सुरुवाती दुई सिजन लोनामा खेल्नेछ । त्यसपछि मात्रै युभेन्ट्सले लोकाटेलीलाई स्थायी खेलाडी बनाउने सहमति भएको छ ।

लोकाटेली अनुबन्ध गर्न इंग्लिस क्लब आर्सनल र लिभरपुलले पनि चासो देखाएके थियो । युभेन्ट्सले सन् २०१२ पछि सिरी ‘ए’ को उपाधि गुमाउँदा गत सिजन चौथो स्थानमा रहेको थियो । सोही कारण पनि युभेन्ट्स बलियो टिम निर्माणमा जुटेको छ । युभेन्ट्सले आन्द्रे पिर्लाेलाई बर्खास्ती गर्दै अनुभवी प्रशिक्षक मासिमिलियानो एलेग्रीलाई प्रशिक्षक नियुक्त गरिसकेको छ । युभेन्ट्सले आइतबार उडिनेससँग खेल्दै नयाँ सिजनको इटालियन सिरी ‘ए’ सुरुवात गर्नेछ ।

सन् २०१८ मा एसी मिलान छाडेर सस्सुलो पुगेपछि लोकाटेली इटालीको उत्कृष्ट मिडफिल्डरको रुपमा उदाएका थिए । उनले सस्सुलोबाट ९९ खेल खेल्दा ७ गोल र ११ असिस्ट दिएका छन् । सस्सुलो पछिल्लो तीन सिजन नै शीर्ष ८ मा भित्र अटाउन सफल भएका छन् ।

लोकाटेलीले इटालीबाट १५ क्याप जितिसकेका छन् । गन जुलाईमा सकिएको युरोकपमा इटालीलाई च्याम्पियन बनाउँदा उनी टोलीका महत्वपुर्ण सदस्य थिए । उनले युरोमा ५ खेलमा २ गोल गरेका थिए ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.