default_image

3 years ago

August 20, 2021

रियल म्याड्रिडमा बेन्जेमाको सम्झौता नविकरण

52 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले स्पेनिस क्लब रियल म्याड्रिडमा सम्झौता नविकरण गरेका छन् । क्लब र बेन्जेमाबीच दुई वर्षको सम्झौता नविकरण भएको हो ।

सम्झौता अनुसार ३३ वर्षीय बेन्जेमा सन् २०२३ को सिजनको अन्त्यसम्म रियलमा रहनेछन् । जतिबेला उनको उमेर ३५ वर्ष बढी हुनेछ । रियलमा बेन्जेमाको सम्झौता २०२२ सम्म रहेको थियो । सम्झौता अवधि अझै एक सिजन बाँकी रहँदा दुई पक्षबीच सहमति भएको हो ।

सदावहार फरवार्ड क्रिस्टियानो रोनाल्डोको बर्हिगमनसँगै रियलमा पछिल्लो तीन सिजन आक्रमण जिम्मेवारी सम्हालेका बेन्जेमाले आफुलाई थप प्रमाणित गरेपछि रियलले बेन्जेमालाई क्लबमै राख्ने योजना बनाएको हो । उनले पछिल्लो तीन सिजनमा लगातार उच्च स्तरको फुटबल खेल्दै आएका छन् ।

बेन्जेमा सन् २००९ मा २१ वर्षको उमेरमा फ्रान्सेली क्लब लियोनबाट ३६ मिलियन युरोमा रियलमा आबद्ध भएका थिए । सोही समयमा रियलले त्यसबेलाको कीर्तिमानी मुल्यमा रोनाल्डो र ब्राजिली काकालाई भित्र्याएको थियो । उनले रियलमा ५६० खेलमा २८१ गोल गरेका छन् ।

उनी क्लबको पाँचौ सर्वाधिक गोलकर्ता हुन् । अझै दुई सिजनको समयावधि बाँकी रहँदा उनले सान्टिलाना (२९०) र अल्फ्रेडो डि स्टेफानो (३०८) लाई उछिन्न सक्नेछन् । उनलाई यो कीर्तिमान रोक्न २७ गोलको खाँचो छ । उनले यो सिजनको सुरुवाती खेलमै दुई गोल गरिसकेका छन् ।

सम्झौता नविकरण हुने छैटौं खेलाडी
शुक्रबार करिम बेन्जेमाको सम्झौता नविकरण भएसँगै उनी पछिल्लो तीन महिनामा क्लबमा सम्झौता हुने छैटौं खेलाडी बनेका छन् । यसअघि लुका मोड्रिच (२०२२), लुकास भास्क्वेज (२०२४), नाचो फर्नान्डेस (२०२३), ड्यानी कार्भाजल (२०२५) र थिवाउट कोर्टुवा २०२६) को सम्झौता नविकरण भएको थियो ।

रियलले मार्सेलो, इस्को र ग्यारेथ बेलको सम्झौता नविकरण गरेको छैन । उनीहरुको सम्झौता नविकरण हुन नसकेको अवस्थामा यो सिजनको अन्त्यसँगै उनीहरु फ्रिएजेन्ट बन्नेछन् ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.