default_image

3 years ago

August 21, 2021

प्रिमियर लिगमा आज

44 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग सिजन २०२१/२२ अन्तर्गत आज दोस्रो चरणको खेल सुरु हुँदैछ । शनिबार ६ खेल हुँदा उपाधि दावेदार लिभरपुल र म्यानचेस्टर सिटी मैदानमा उत्रनेछन् ।

दिनको पहिलो खेलमा लिभरपुलले घरेलु मैदान एनफिल्डमा बर्नलीको अतिथ्यता गर्दैछ । यो खेल नेपाली समयानुसार साँझ ५:१५ बजे हुनेछ । लिभरपुल पहिलो खेलमा नर्विचलाई ३-० ले पराजित गर्दै सुखद सुरुवात गर्न सफल भएको थियो । बर्नली भने घरेलु मैदानमा ब्राइटनसँग २-१ ले पराजित भएको थियो ।

लिभरपुलका लागि एन्ड्रयु रोबर्टसन र कर्टीस जोन्स चोटका कारण उपलब्ध छैनन् । मिडफिल्डर फाबिन्होले पनि आफ्नो पिताको देहान्तका कारण नखेल्ने सम्भावना छ । आक्रमणमा फेरिपनि रोबर्टो फिर्मिनो र डिओगो जोटामा कसले खेल्छ भन्ने प्रतिस्पर्धा छ । यता बर्नलीका डेल स्टेफेन्स र केभिन लङ चोटका कारण खेल्ने छैनन् ।

त्यसपछि अर्को खेलमा म्यानचेस्टर सिटी र नर्विचले प्रतिस्पर्धा गर्नेछन् । खेल रातको ७:४५ बजे हुनेछ । गत साता टोटेनहमको मैदानमा १-० ले पराजित भएको सिटी यस खेलमा जित हासिल गर्दै लय पकड्न चाहन्छ । पहिलो खेलमा लिभरपुलसँग पराजित भएको नर्विच पनि पहिलो अंक जोड्ने सुरमा नै हुनेछ ।

आज नै ७:४५ बजे अन्य तीन खेल हुनेछ । एस्टन भिल्लाले न्युकासल युनाइटेडसँग खेल्दा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । क्रिस्टल प्यालेसविरुद्ध ब्रेन्टफर्ड लगातार जितको लक्ष्यसहित उत्रनेछ । लिड्स र एभर्टन पनि पहिलो अंक जोड्ने प्रयासमा हुनेछन् ।

दिनको अन्तिम खेलमा ब्राइटन र वाटफर्ड भिड्नेछन् । रातको १०:१५ बजे हुने खेलमा दुवै टोली लगातार जितको खोजीमा हुनेछन् ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.