default_image

3 years ago

August 29, 2021

चेल्सी र लिभरपुल बराबर

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा चेल्सी र लिभरपुल १-१ को बराबरीमा रोकिएका छन् । दोस्रो हाफ १० खेलाडीमा सिमित रहेको चेल्सीले लिभरपुलको मैदानमा अंक खोस्न सफल रहयो । खेलको पहिलो हाफमा चेल्सीले अग्रता लिएपनि अन्त्यतिर रातो कार्डसँगै अग्रता गुमाएको थियो । २२ औं मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका […]

50 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा चेल्सी र लिभरपुल १-१ को बराबरीमा रोकिएका छन् । दोस्रो हाफ १० खेलाडीमा सिमित रहेको चेल्सीले लिभरपुलको मैदानमा अंक खोस्न सफल रहयो ।

खेलको पहिलो हाफमा चेल्सीले अग्रता लिएपनि अन्त्यतिर रातो कार्डसँगै अग्रता गुमाएको थियो । २२ औं मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । उनले रिस जेम्सको कर्नरमा गरेको फ्लिक हेडर सिधै गोलमा परिणत भएको थियो ।

इन्ज्युरी समयमा जेम्सले गोललाइनमा गोल बचाउने क्रममा बलले हातमा लागेपछि रेफ्रीले रातो कार्ड दिएका थिए । भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै रेफ्री एन्थोनी टेलरले जेम्सलाई रातो कार्ड दिँदै लिभरपुललाई पेनाल्टी दिए । उक्त पेनाल्टीको सदुपयोग गर्दै मोहमद सलाहले खेल बराबरीमा ल्याए । गोल खाएपछि चेल्सीका गोलरक्षकले बल हान्ने प्रयासमा लिभरपुलका जोर्डन हेन्डरसनलाइ लाग्दा केहीबेर तनावको स्थिति सिर्जना भएको थियो ।

दोस्रो हाफमा लिभरपुलले एकतर्फी आक्रमण गरेपनि खेलमा अग्रता बनाउन सकेन । चेल्सीले रक्षात्मक रणनीति अपनाउँदै लिभरपुलको आक्रमणलाई जम्ने कुनै अवसर दिएन । यस बराबरीले दुवै टोलीको अपराजित यात्रा कायम रहेको छ । दुवै टोलीले ३ खेलमा समान ७-७ अंक जोडेका छन् ।

शनिबार नै एभर्टनले घरेलु टोली ब्राइटनमाथि २–० को सहज जित हात पार्यो । दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा शनिबार राति भएको खेलमा एभर्टनको जितमा डेमाराई ग्रे र डोमिनिक काल्भर्ट लेविनले गोल गरे । प्रतिस्पर्धात्मक खेलको ४१औं मिनेटमा डेमाराई ग्रेको गोलबाट एर्भटनले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । उनले एलानको पासमा गोल गरेका थिए ।

४४औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनको प्रहारलाई ब्राइटनका गोलरक्षक रोबर्ट सान्चेजले विफल पारे । ५८औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले पेनाल्टीमार्फत गोल गर्दै एभर्टनको अग्रता दोब्बर पारे । सिमस कोलम्यानलाई पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले एर्भटनलाई पेनाल्टी प्रदान गरेका थिए । जसलाई लेविनले सहजै गोलमा परिणत गरे ।

त्यसपछि थप गोल निस्कन नसक्दा एभर्टन २–० ले विजयी हुन सफल भयो । प्रिमियर लिगमा एभर्टनको यो दोस्रो जित हो । दोस्रो जितसँगै एभर्टनले ३ खेलबाट ७ अंक जोडेको छ । पहिलो हार बेहारेको ब्राइटनको ३ खेलबाट ६ अंक छ ।

यस्तै अर्काे खेलमा लेस्टर सिटीले घरेलु टोली नर्विच सिटीमाथि २–१ को जित दर्ता गरेको छ । लेस्टरको जितमा जेमी भार्डी र मार्क अल्ब्राइटनले गोल गर्दा घरेलु टोलीका टिमु पुकीको गोल सान्त्वना बन्यो । खेलको आठौं मिनेटमा लेस्टरका लागि जेमी भार्डीको गोलबाट लेस्टरले अग्रता लिएको थियो ।

४४औं मिनेटमा टिमु पुकीले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए । ७६औं मिनेटमा मार्क अल्ब्राइटनले गोल गर्दै लेस्टरलाई २–१ ले अघि बढाए । ८०औं मिनेटमा केन्नी म्याकलिनले गोल गरेपनि भिएआरबट मान्यता नपाउँदा नर्विच बराबरीबाट चुक्यो । भिएआरमा उनी अफसाइड ठहरिएको थिए । जितसँगै लेस्टरको ३ खेलबाट ६ अंक पुगेको छ । तीन खेलमा नै पराजय बेहोरेको नर्विचले अंकको खाता खोल्न सकेको छैन ।

त्यसअघि साविकको विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आर्सनलमाथि सानदार जित दर्ता गरेको थियो । पहिलो हाफमा नै १० खेलाडीमा समेटिएको आर्सनललाई सिटीले घरेलु मैदानमा ५–० ले पराजित गरेको हो ।

इतिहाद स्टेडियममा घरेलु टोलीको सानदार जितमा फेरान टोरेसले २ तथा इल्काए गुन्डोगान, गाब्रियल जेसस र रोड्रीले १-१ गोल गरे । एकपक्षीय खेलमा सिटीले खेलको सातौं मिनेटमा नै गुन्डोगानको गोलबाट अग्रता लिएको थियो । गाब्रियल जेससको क्रसमा उनको हेडर गोलरक्षक बर्न्ड लेनोको हातमा लाग्दै गोल भएको थियो ।

१२औं मिनेटमा फेरान टोरेसले सिटीको अग्रता दोब्बर पारे । १९औं मिनेटमा इमिल स्थिम रोवीको प्रहारलाई गोलरक्षक इडर्सन मोराएसले बचाउँदा आर्सननले गोल अन्तर घटाउन सकेन । ३५औं मिनेटमा ग्रानिट झाका सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि आर्सनल थप दवावमा आएको थियो । जोओ क्यान्ससेलोमाथि फल गरेपछि रेफ्रीले झाकालाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।

४३औं मिनेटमा ब्राजिली गाब्रियल जेससले गोल गर्दै सिटीलाई पहिलो हाफमा ३–० को आरामदायी अग्रता दिलाए । उनले ज्याक ग्रेलिसको पासमा सहज गोल गरेका थिए । पहिलो हाफमा नै निकै दबाबमा रहेको आर्सनलले दोस्रो हाफमा पूर्ण रुपमा रक्षात्मक रणनीति अपनाउँदै सिटीलाई रोक्ने काम मात्र गरिरह्यो ।

५०औं मिनेटमा ग्रेलिसको पासमा बर्नाडो सिल्भाको प्रहारलाई गोलरक्षक लेनोले विफल पारे । ५३औं मिनेटमा फेरान टोरेसको पासमा रोड्रीले गोल गर्दै सिटीलाई फराकिलो जिततर्फ अग्रसर गराए । टोरेसले ८४ औं मिनेटमा माहरेजको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई सानदार जित दिलाएका थिए ।

प्रिमियर लिगमा सिटीको यो दोस्रो जित हो । पहिलो खेलमा टोटेनहमसँग १–० ले स्तब्ध भएपछि सिटीले दोस्रो खेलमा नर्विच सिटीमाथि ५–० को जित निकाल्दै जितको लयमा फर्किएको थियो । यो जितसँगै सिटीको तीन खेलबाट ६ अंक पुगेको छ ।

यता, खराब सुरुवात गरेको आर्सनलले लगातार तेस्रो खेलमा गोल गर्न नसक्दा अंकविहिन नै रहयो । यो आर्सनलको क्लब इतिहासकै सबैभन्दा खराब सुरुवात हो । आर्सनल पहिलो खेलमा नव प्रवेशी ब्रेन्टफर्ड र चेल्सीसँग समान २–० ले पराजित भएको थियो ।

अन्य नतिजा :

म्यानचेस्टर सिटीविरुद्ध आर्सनल (–०)

एस्टन भिल्लाविरुद्ध ब्रेन्टफर्ड (१–१)

ब्राइटनविरुद्ध एभर्टन (०–)

न्युक्यासलविरुद्ध साउथह्याम्टन (२–२)

नर्विच सिटीविरुद्ध लेस्टर सिटी (१–)

वेस्ट ह्यामविरुद्ध क्रिस्टल प्यालेस (२–२)

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

Success

Thank you for your time.