default_image

3 years ago

August 30, 2021

आत्मघाती गोलले एट्लेटिको हारबाट जोगियो

53 views

0 Bookmark

एजेन्सी – इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा एइसा मान्दीले आत्मघाती गोल गरेपछि साविकको विजेता एट्लेटिको म्याड्रिड हारबाट जोगिएको छ ।

एट्लेटिकोले घरेलु मैदानमा भिल्लारियलसँग २–२ गोलको बराबरी खेल्दै अंक खोस्दै ला लिगामा अपराजित रहन सफल भएको हो । वान्डा मेट्रोपोलिटानो स्टेडियममा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा दोस्रो हाफमा चार गोल सम्भव भएको थियो ।

५२औं मिनेटमा म्यानुयल ट्रिगुइरसको गोलबाट भिल्लारियलले अग्रता लिएको थियो । उनले यारेमी पिनोको पासमा गोल गरेका थिए । ५६औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

७४औं मिनेटमा अर्नाट डानजुमाले यारेमी पिनोकै पासमा गोल गर्दै भिल्लारियललाई २–१ ले अघि बढाए । जिततिर ढक्लिएको भिल्लारियल अन्तिम एक मिनेट सम्हालिन नसक्दा जितबाट वञ्चित बन्यो । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा एइसा मान्दीले आत्मघाती गोल गरेपछि एट्लेटिकोले हार जोगाउन सफल भयो ।

बराबरीपछि एट्लेटिको ३ खेलाट ७ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । समान ७ रहेपनि एट्लेटिको रियल म्याड्रिड, सेभिया, भ्यालेन्सिया र बार्सिलोनाभन्दा पछि रहँदा मलोर्काभन्दा अघि छ । भिल्लारियल ३ अंकसहित ११औं स्थानमा छ ।

अन्य नतिजा
बार्सिलोना
विरुद्ध गेटाफे (–१)
क्याडिजविरुद्ध ओसासुना (२–)
राये भालेकानोविरुद्ध ग्रानडा (–०)

May 10, 2024

बागमती र पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा बागमती युथ क्लब र पुल्चोक स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा बागमतीले रानीवन स्पोर्ट्स क्लब विरुद्ध ३-१ को जित दर्ता गर्यो । बागमतीको जितमा दिपेश राईले दुई गोल तथा सृजन राज गौतमले एक गोल गरे […]

May 10, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल अखदुद विरुद्ध ३-२ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा अली अल हसनको पासमा गोल गर्दै मार्सलो ब्रोजोभिचले अल नासरलाई अग्रता दिलाएका थिए । सो अग्रता १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अल हसनकै पासमा दोब्बर बनाए […]

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

Success

Thank you for your time.