default_image

3 years ago

September 5, 2021

युक्रेनसँग फ्रान्स बराबरीमा रोकियो

82 views

0 Bookmark

एजेन्सी – विश्व विजेता फ्रान्सले फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा अर्काे बराबरी खेलेको छ । यसअघि बोस्निया एन्ड हर्ज गोभिनासँग बराबरी खेलेको फ्रान्सले युक्रेनसँग १–१ गोलको बराबरी खेलेको हो ।

एनएसके ओलिम्पी किएभमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली युक्रेनले खेलको ४४औं मिनेटमा अग्रता लिएको थियो । यारेमचुकले प्रेसनेल किमपेम्वेलाई बिट गर्दै दिएको क्रस कोर्ट जोउमाले राम्ररी क्लियर गर्न नसकेको बललाई माइकोला सापारेन्कोले २५ यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

त्यसअघि ११औं मिनेटमा एन्टोइन ग्रिजमनको कर्नरमा पल पोग्वाको प्रहारलाई युक्रेनका गोलरक्षक एन्ड्री पेटोभले बचाएका थिए । २७औं मिनेटमा पोग्वाकै पासमा एन्थोनी मार्सियालको हेडर पासमा ग्रिजमनको हाफ भली प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

३५औं मिनेटमा एन्ड्री यारमोलेन्कोको प्रहारलाइै फ्रान्सका गोलरक्षक ह्युगो लोरिसले विफल पार्दा युक्रेनले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । लगत्तै यार्माेलेन्कोको अर्काे प्रहारमा गोलरक्षक लोरिस नै बाधक बने । ४४औं मिनेटमा एन्थोनी मार्सियालको वान भर्सेस वानको प्रहारलाई गोलरक्षक पेटोभले ब्लक गर्दै युक्रेनको संकट टारे ।

दोस्रो हाफको शुरुमै फ्रान्सले बराबरी गोल फर्कायो । एन्थोनी मार्सियालले एड्रिएन राविओटको पासमा गोल गर्न सफल भएका थिए । ६७औं ग्रिजमन चुक्दा फ्रान्सले अग्रता लिन सकेन । ७७औं मिनेटमा करिम बेन्जेमाको प्रहार पोस्टमा लाग्दै फर्कदा फ्रान्स अग्रता लिनबाट चुक्यो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलकै बराबरीमा टुंगियो ।

पछिल्लो पाँच खेलमा फ्रान्सको यो पाँचौ बराबरी हो । गत जुलाईमा सम्पन्न युरो कपमा समूह चरणको खेलमा जर्मनीलाई १–० ले हराएयता फ्रान्सले पाँच खेल खेल्दा जित निकाल्न सकेको छैन । विश्वकप छनोटमा फ्रान्सको यो तेस्रो बरारबरी हो । यसअघि फ्रान्सले युक्रेनसँगै १–१ गोलको बराबरी खेल्दा बोस्नियासँग पनि १–१ गोलकै बराबरीमा रोकिएको थियो ।

यसक्रममा फ्रान्सले हंगेरीसँग १–१, पोर्चुगलसँग २–२, स्वीट्जरल्यान्डसँग ३–३ गोलको बराबरी तथा विश्वकप छनोटमा बोस्नियासँग १–१ गोलको बराबरी खेलेको थियो । स्वीट्जरल्यान्डसँग पेनाल्टी सुटआउटमा पराजित हुदै फ्रान्स युरोकपबाट बाहिरिएको थियो ।

यता, युक्रेनले विश्वकप छनोटमा लगातार पाँचौ बराबरी खेल्न सफल भयो । युक्रेनले यसअघि फ्रान्स, फिनल्यान्ड र काजकस्तानसँग समान १–१ गोलकै बराबरी खेलेको थियो । गत साता फिनल्यान्डसँग २–२ गोलको बराबरी खेलेको थियो ।

यो नतिजापछि समूह ‘डी’ मा फ्रान्स ५ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहँदा युक्रेन ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । समान ५ अंक भएपनि फिनल्यान्ड गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ । बोस्निया एन्ड हर्जगोभिना र काजकस्तान समान २ अंक जोडेर चौथो र पाँचौ स्थानमा रहेको छ ।

यही समूहको अर्काे खेलमा फिनल्यान्ड र काजकस्तानले गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो ।

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

Success

Thank you for your time.