default_image

3 years ago

September 9, 2021

इंग्ल्यान्ड जितबाट वञ्चित

61 views

0 Bookmark

एजेन्सी – इन्ज्युरी समयमा सम्हालिन नसक्दा इंग्ल्यान्ड फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा पोल्यान्डसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा इन्ज्युरी समयमा डामिएन सिमान्स्कीले गोल गर्दै पोल्यान्डलाई इंग्ल्यान्डसँगको हारबाट जोगाए ।

खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो । बल पोसेसनमा घरेलु टोलीलाई दवावमा राखेको इंग्ल्यान्डले गोलको लागि निकै संघर्ष गर्नुपर्दा दोस्रो हाफ नै कुर्नुपरेको थियो । ७२औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डलाई १–० को अग्रता दिलाएका थिए । उनले केल वाल्करको पासमा गोल गरेका थिए ।

जिततर्फ उन्मुख इंग्ल्यान्ड इन्ज्युरी समयमा सम्हािलन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा कप्तान रोबर्ट लेवान्डोस्कीको पासमा डामिएन सिमान्स्कीले गोल गर्दै इंग्ल्यान्डलाई जितबाट वञ्चित गराए ।

छनोटमा इंग्ल्यान्डको यो पहिलो बराबरीको नतिजा हो । पोल्यान्डको यो दोस्रो बराबरीको नतिजा हो । यो बराबरीपछि पनि इंग्ल्यान्ड ६ खेलबाट ५ जित र १ बराबरीसँग १६ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पोल्यान्ड ११ अंक जोडेर तेस्रो स्थानमा झरेको छ ।

यही समूहको अर्काे खेलमा अल्वानियाले सान मारिनोमाथि ५–० को फराकिलो जित दर्ता गर्दा हंगुेरीले एन्डोरालाई २–१ ले पराजित गरेको छ । यो नतिजापछि अल्वानिया १२ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । सान मारिनोले अंकको खाता खोल्न सकेको छैन । हंगेरीको १० तथा एन्डोराको ३ अंक छ ।

May 21, 2024

इंग्ल्याण्डको यूरो कपका लागि प्रारम्भिक टोली सार्वजनिक 

एजेन्सी – ग्यारेथ साउथगेटले युरो २०२४ का लागि आफ्नो ३३ खेलाडीको प्रारम्भिक इंग्ल्याण्ड टोली सार्वजनिक गरेका छन् । तीन वर्ष अघि घरेलु भूमिमा फाइनलमा पराजित इंग्ल्याण्ड यस पटक पनि उपाधि दावेदारको रुपमा रहेको छ ।  पछिल्लो केहि वर्षमा टोलीको महत्वपुर्ण खेलाडीका रुपमा रहेका मार्कस रासफोर्ड, जोर्डन हेन्डरसन र रहिम स्टर्लिङ यसपटक भने टोलीमा परेका छैनन् […]

May 21, 2024

रोनाल्डो व्यक्तिगत छैठौँ यूरो कपको प्रारम्भिक टोलीमा 

एजेन्सी – स्टार खेलाडी क्रिस्टियनो रोनाल्डो व्यक्तिगत छैठौँ  युरोपियन च्याम्पियनसिपका लागि पोर्चुगलको प्रारम्भिक टोलीमा परेका छन् । सन् २०१६ को युरोपियन च्याम्पियनसिपमा पोर्चुगलले उपाधि जित्दा नेतृत्व गरेका क्रिस्टियानो रोनाल्डोलाई युरो २०२४ का लागि रोबर्टो मार्टिनेजको २६ सदस्यीय टोलीमा समावेश गरेका हुन् । ३९ वर्षिय रोनाल्डो प्रतियोगितामा १४ गोलसहित कीर्तिमान गोलकर्ता हुन् भने उनले प्रतियोगितामा सबैभन्दा […]

May 21, 2024

समाज कल्याण चौथो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्र क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ । मंगलवार भएको दिनको दोस्रो खेलमा सानेपा क्लबलाई ४-० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । जित हासिल गरेको समाज कल्याणको ९ खेलमा १६ अंक भएको छ । पराजित सानेपाको समान ९ खेलमा ११ अंक […]

Success

Thank you for your time.