default_image

3 years ago

September 10, 2021

रोनाल्डो युनाइटेडको उपाधि खडेरी तोड्न प्रतिवद्ध

111 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा पहिलो कार्यकालको जस्तै सफलताका लागि प्रयास गर्न आफू प्रतिवद्ध रहेको बताएका छन् । उनले सन् २००३ देखि २००९ मा युनाइटेडबाट खेलेका थिए ।

रोनाल्डोले युनाइटेड अबको बसाई अर्को तीन वा चार वर्ष हुन सक्ने संकेत पनि गरेका छन् । उनी २० मिलयन पाउन्डमा यसपटक युनाइटेडमा आबद्ध भएका थिए । उनले आफू फेरि पनि जितको सिलसिलालाई जोड्नका लागि आफू युनाइटेडमा आबद्ध भएको बताएका छन् ।

युभेन्ट्सबाट नाटकीय रुपमा रोनाल्डो सुरुवा बजारको अन्तिम दिन पुरानो क्लबमा आबद्ध भएका थिए । ३६ वर्षे रोनाल्डोले एक वर्ष सम्झौता र अर्को एक वर्ष थप्न सकिने विकल्पसहित युनाइटेडसँग सम्झौता गरेका थिए ।

विश्व फुटबलका सुपर स्टारका रुपमा रोनाल्डो पून युनाइटेड फर्केका हुन् । युनाइटेडमा पहिलो बसाईका क्रममा उनी सफल र चर्चित बनेका थिए । त्यहाँबाट उनी रियल म्याड्रिडमा आबद्ध भएका थिए । रियलबाट २०१८ मा युभेन्ट्समा आबद्ध भएका उनी १२ वर्षपछि पुनः युनाइटेड फर्केका हुन् । उनले २०२५ सम्म युनाइटेडमै रहने सम्भावना रहेको संकेत गरेका छन् ।

रोनाल्डोले के भने

प्रिमियर लिगमा शनिबार न्युक्यासलविरुद्ध हुने खेलमा युनाइटेडबाट दोस्रो पटक डेब्यू गर्ने सम्भावनाकाबीच रोनाल्डोले युनाइटेडका पूर्व सहकर्मी वेस ब्राउनसँग म्यान यु टिभीका लागि अन्तर्वार्ता दिदै पाँच वर्षयता टोलीको उपाधि खडेरीलाई अन्त्य गर्न प्रयास गर्ने बताएका छन् ।

‘त्यसैका लागि यहाँ आएको छु । म छुट्टी मनाउन आएको होइन । विगतमा मैले यो जर्सीमा धेरै महत्वपूर्ण उपाधि जितेको छुु । त्यो आफ्नो ठाँउमा छ । तर म अहिले जित्नका लागि फेरि आएको छु,’ उनले भनेका छन्,‘ त्यसका लागि म र मेरो टोली सक्षम छौं । म त्यसका लागि तयार छु । यो मेरो लागि, समर्थकका लागि र क्लबका लागि अगाडि बढ्ने मौका हो । म ३,४ वर्ष यहि रहने विषयमा सोची रहेको छु ।’

उमेरका कारण प्रिमियर लिगमा विगतमा जस्तो उच्च प्रदर्शन गर्नसक्दैनन् भन्ने आलोचनाका बारेमा रोनाल्डोको जवाफ थियो, ‘म यहाँ जित्नका लागि आएको हु । मेरो उमेरका बारेमा कुरा गर्नुअघि यो पनि बुझ्न जरुरी छ कि म फरक छु । म अरु भन्दा फरक छु । मैले आफूलाई हरेक वर्ष प्रमाणित गरेको छु । फेरि पनि त्यस्तै गर्न प्रयास गर्नुछु । टोली र समर्थकका साथ म शतप्रतिशत दिनेछु ।’

रोनाल्डोले युनाइटेडमा विगतमा के गरेका थिए ?

स्पोर्टिङबाट २००३ मा १२ मिलियन पाउन्डमा उनी युनाइटेडमा आबद्ध भएका थिए । उनले युनाइटेडमा बस्दा ८ महत्वपूर्ण उपाधि जितेका थिए । जसमा ३ प्रिमियर लिग उपाधि र एक च्याम्पियन्स लिग उपाधि सामेल छ । उनले युनाइटेडको पहिलो बसाईमा २ सय ९२ खेल खेल्ने क्रममा १ सय १८ गोल गरेका थिए । ओल्ड ट्राफडमा रहँदा उनले पहिलो पटक बालोन डी ओर जितेका थिए । २००९ मा रियल पुगेपछि उनले त्यहाँबाट थप ४ पटक बालोन डी ओर जिते ।

रोनाल्डोले न्युक्यासलविरुद्ध खेल्छन् ?

गत साता मात्र रोनाल्डोले विश्व कप छनोटमा पोर्चुगलका लागि २ गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता बनेका छन् । गणतन्त्र आयरल्यान्डविरुद्ध २–१ को जितमा रोनाल्डोले खेलको अन्त्यतिर गोल गरेका थिए । गोलको खुसीयाली मनाउने क्रममा जर्सी फुकालेपछि उनले पहेलो कार्ड पाएका थिए । त्यसअघिको खेलमा पनि पहेलो कार्ड पाएका कारण उनले पोर्चुगलको अर्को खेलमा प्रतिबन्ध बेहोर्नुपरेको थियो । प्रतिबन्धमा रहेका कारण उनलाई टोलीले फुकुवा गरेको थियो ।

त्यस पछि उनी युनाइटेडको प्रशिक्षणमा सामेल हुन इंग्ल्यान्ड् फर्केका थिए । ५ दिनको क्वारेन्टिनपछि उनी मंगलबार टोलीको प्रशिक्षणमा सामेल भएका थिए । त्यो तयारीपछि उनी न्युक्यासलविरुद्ध प्रशिक्षक ओलन गुनर सोल्साएरको पहिलो रोजाईमा पर्ने सम्भावना रहेको बताइएको छ । तर त्यसका लागि उनले मासन ग्रिनउड, इडिन्सन काभानी र जाडोन सान्चोसँग प्रतिस्पर्धा भने गर्नुपर्नेछ ।

पहिलो रोजाईमा पर्ने सम्भावना कत्तिको छ भन्ने प्रश्नको जवाफमा ठट्टा गर्दै रोनाल्डोले भनेका छन्, ‘शनिबारको खेलका लागि म केहि नर्भस छु । तर म परिपक्व छु । म बढी अनुभवी छु । पहिलो रोजाईमा पर्नका लागि प्रशिक्षक ओलेमाथि दबाब दिने तयारीमा छु । खेल्नका लागि तयार छु ।’

May 21, 2024

इंग्ल्याण्डको यूरो कपका लागि प्रारम्भिक टोली सार्वजनिक 

एजेन्सी – ग्यारेथ साउथगेटले युरो २०२४ का लागि आफ्नो ३३ खेलाडीको प्रारम्भिक इंग्ल्याण्ड टोली सार्वजनिक गरेका छन् । तीन वर्ष अघि घरेलु भूमिमा फाइनलमा पराजित इंग्ल्याण्ड यस पटक पनि उपाधि दावेदारको रुपमा रहेको छ ।  पछिल्लो केहि वर्षमा टोलीको महत्वपुर्ण खेलाडीका रुपमा रहेका मार्कस रासफोर्ड, जोर्डन हेन्डरसन र रहिम स्टर्लिङ यसपटक भने टोलीमा परेका छैनन् […]

May 21, 2024

रोनाल्डो व्यक्तिगत छैठौँ यूरो कपको प्रारम्भिक टोलीमा 

एजेन्सी – स्टार खेलाडी क्रिस्टियनो रोनाल्डो व्यक्तिगत छैठौँ  युरोपियन च्याम्पियनसिपका लागि पोर्चुगलको प्रारम्भिक टोलीमा परेका छन् । सन् २०१६ को युरोपियन च्याम्पियनसिपमा पोर्चुगलले उपाधि जित्दा नेतृत्व गरेका क्रिस्टियानो रोनाल्डोलाई युरो २०२४ का लागि रोबर्टो मार्टिनेजको २६ सदस्यीय टोलीमा समावेश गरेका हुन् । ३९ वर्षिय रोनाल्डो प्रतियोगितामा १४ गोलसहित कीर्तिमान गोलकर्ता हुन् भने उनले प्रतियोगितामा सबैभन्दा […]

May 21, 2024

समाज कल्याण चौथो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्र क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ । मंगलवार भएको दिनको दोस्रो खेलमा सानेपा क्लबलाई ४-० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । जित हासिल गरेको समाज कल्याणको ९ खेलमा १६ अंक भएको छ । पराजित सानेपाको समान ९ खेलमा ११ अंक […]

Success

Thank you for your time.