default_image

3 years ago

September 11, 2021

ब्राजिली खेलाडीले प्रिमियर लिग खेल्न पाउने

85 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रिमियर लिग खेल्ने दक्षिण अमेरिकी राष्ट्रका खेलाडीलाई आफ्नो क्लबबाट खेल्न नदिने निर्णय गरेको दुई दिन नबित्दै सम्बन्धित संघसँग समन्वय गरेपछि खेलाडीले खेल्न पाउने भएका छन् ।

यसको अर्थ इंग्लिस क्लब लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र चेल्सीलगायतका प्रिमियर लिगका क्लबहरुले अब दक्षिण अमेरिकाको विश्वकप छनोटमा सहभागी नभएका खेलाडी पनि खेलाउन पाउनेछन् । फिफासँग ब्राजिल, चिली, पाराग्वे र मेक्सिको फुटबल संघसँगको छलफलपछि यि राष्ट्रले आफ्नो पाँच दिनको प्रतिबन्ध माफ गर्न सहमत भएको हो ।

प्रिमियर लिगका केहि क्लबले ब्राजिलको राष्ट्रिय टोलीबाट विश्वकप छनोट खेल्न बोलाएका खेलाडी फुकुवा गरेका थिएनन् । ब्राजिलले छनोटका केहि खेल प्रिमियर लिग खेल्ने ९ खेलाडी बिना नै खेलेको थियो । फिफाको नियम अनुसार क्लबहरुले खेलाडी फुकुवा गर्न नमानेको खण्डमा अन्तर्राष्ट्रिय खेल सकिएको ५ दिनसम्म प्रतिबन्ध लगाउन पाउने प्रावधान रहेको छ ।

फिफाको यो निर्णयले प्रिमियर लिग क्लबले राहतको महसुस गरेका छन् । अब लिभरपुलका फाविन्हो, एलिसन बेकर र रोबर्टाे फिर्मिनो, म्यानचेस्टर सिटीका एडर्सन मोराएस र गाब्रियल जेसस, म्यानचेस्टर युनाइटेडका फ्रेड र चेल्सीका थियागो सिल्भा खेल्न योग्य हुनेछन् ।

प्रिमियर लिग क्लबले खेलाडीलाई आफ्नो देशको लागि पछिल्लो अन्तर्राष्ट्रिय खेलका लागि कोरोनाको रेड लिस्टमा रहेका राष्ट्रमा नपठाउने निर्णय गरेपछि विवाद बढेको थियो । उनीहरु फर्कने बित्तिकै १० दिन क्वारेन्टिन बस्नुपर्ने नियम बनाइएको थियो ।

फिफाले बेलायती सरकारसमक्ष अन्तर्राष्ट्रिय ड्युटीबाट फर्कने खेलाडीहरुलाई क्वारेन्टिन छुटको माग गरेपनि बेलायत सरकारले त्यसलाई अनुमति दिएन । त्यसपछि ब्राजिल, पाराग्वे, चिली र मेक्सिकन राष्ट्रले उनीहरुलाई खेल्न नदिनको लागि फिफासमक्ष प्रस्ताव गरेको थियो ।
यसबाट लिड्सका राफिन्हा, वल्भ्सका राउल जिमिनेज, वाट्फोर्डका फ्रान्सिस्को सिएराल्टा, न्यु क्यासलका मिगुएल अल्मिरोन र ब्ल्याकबर्नका बेन ब्रेरटनले पनि क्लबबाट खेल्न पाउनेछन् ।

व्यवस्थापकको जित

खेलाडीलाई खेल्न दिने निर्णयले प्रशिक्षकको जित भएको छ । शुक्रबार पत्रकार सम्मेलनमा प्रिमियर लिगका प्रशिक्षकले यस मुद्धामा चिन्ता व्यक्त गरेका थिए । आइतबार लिड्स भ्रमण गर्ने तयारीा रहेको लिभरपुलका प्रशिक्षक योगर्ने क्लोपले खेलाडीलाई सजाय दिनुभन्दा पनि अन्तर्राष्ट्रिय खेल तालिका मिलाउन आग्रह गरेका थिए ।

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक अ‍ोल गनर सोल्सायरले यसलाई ‘हराउने स्थिति’ को ‘एक प्रहसन’ को संज्ञा दिएका थिए । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले फिफाले नै ‘परिस्थिति नबुझ्ने’ र सही कार्य गर्न आग्रह गरेका थिए ।

यता बेलायतको रातो सुचीमा रहेको ब्राजिल पुगेका अर्जेन्टिनी जियोभानी लो सेल्सो, क्रिस्टियन रोमेरो, एमिलियानो बुएन्डिया र एमिलियानो मार्टिनेजले प्रिमियर लिगको यो साताको पहिलो खेल गुमाउनेछन् । यसअघि प्रिमियर लिग खेल्ने अर्जेन्टिनाका चार खेलाडी विश्वकप छनोट खेल्न ब्राजिल गएपछि यी दुई राष्ट्रबीचको खेल सुरु भएको केहीबेरमा नै रोकिएर रद्द भएको थियो । खेलको सातौं मिनेटमा नै ब्राजिलको अधिकारिक स्वास्थ्य निकाय एन्भिसाका प्रतिनिधि अर्जेन्टिनी खेलाडीले कोरोना सम्बन्धि स्वास्थ्य मापदण्ड तोडेको भन्दै मैदानभित्र नै प्रवेश गरेपछि खेल रद्द भएको थियो ।

May 21, 2024

इंग्ल्याण्डको यूरो कपका लागि प्रारम्भिक टोली सार्वजनिक 

एजेन्सी – ग्यारेथ साउथगेटले युरो २०२४ का लागि आफ्नो ३३ खेलाडीको प्रारम्भिक इंग्ल्याण्ड टोली सार्वजनिक गरेका छन् । तीन वर्ष अघि घरेलु भूमिमा फाइनलमा पराजित इंग्ल्याण्ड यस पटक पनि उपाधि दावेदारको रुपमा रहेको छ ।  पछिल्लो केहि वर्षमा टोलीको महत्वपुर्ण खेलाडीका रुपमा रहेका मार्कस रासफोर्ड, जोर्डन हेन्डरसन र रहिम स्टर्लिङ यसपटक भने टोलीमा परेका छैनन् […]

May 21, 2024

रोनाल्डो व्यक्तिगत छैठौँ यूरो कपको प्रारम्भिक टोलीमा 

एजेन्सी – स्टार खेलाडी क्रिस्टियनो रोनाल्डो व्यक्तिगत छैठौँ  युरोपियन च्याम्पियनसिपका लागि पोर्चुगलको प्रारम्भिक टोलीमा परेका छन् । सन् २०१६ को युरोपियन च्याम्पियनसिपमा पोर्चुगलले उपाधि जित्दा नेतृत्व गरेका क्रिस्टियानो रोनाल्डोलाई युरो २०२४ का लागि रोबर्टो मार्टिनेजको २६ सदस्यीय टोलीमा समावेश गरेका हुन् । ३९ वर्षिय रोनाल्डो प्रतियोगितामा १४ गोलसहित कीर्तिमान गोलकर्ता हुन् भने उनले प्रतियोगितामा सबैभन्दा […]

May 21, 2024

समाज कल्याण चौथो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्र क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ । मंगलवार भएको दिनको दोस्रो खेलमा सानेपा क्लबलाई ४-० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । जित हासिल गरेको समाज कल्याणको ९ खेलमा १६ अंक भएको छ । पराजित सानेपाको समान ९ खेलमा ११ अंक […]

Success

Thank you for your time.