default_image

3 years ago

September 11, 2021

प्रिमियर लिगमा आज ८ खेल

82 views

0 Bookmark

एजेन्सी – झन्डै दुई साताको अन्तर्राष्ट्रिय ब्रेकपछि युरोपको शीर्ष क्लब फुटबल आज (शनिबार) देखि पुन सुचारु हुँदैछ । इंग्लिस प्रिमियर लिगमा आज राति लिगको चौथो राउन्डको विभिन्न ८ खेल प्रतिस्पर्धा हुनेछ ।

शीर्षस्थानमा रहेको टोटेनहम हटस्परले क्रिस्टल प्यालेससँग साँझ ५:१५ बजे प्रतिस्पर्धा गर्दैछ । टोटेनहम लगातार चौथो जितको खोजीमा रहँदा क्रिस्टल प्यालेस पहिलो जितको लक्ष्यमा मैदान उत्रनेछ । टोटेनहमले यसअघि लिग च्याम्पियन म्यानचेस्टर सिटी, वल्भ्स र वाटफर्डलाई समान १–० ले पराजित गरेको थियो । क्रिस्टल प्यालेसले चेल्सीसँग ३–० को हार बेहोर्दा ब्रेन्टफर्ड र वेस्ट ह्यामसँग बराबरी खेलेको थियो ।

खराव लयमा रहेको आर्सनलले घरेलु मैदानमा नर्विच सिटीको आतिथ्यता गर्दैछ । आर्सनल पहिलो जित निकाल्दै आफ्नो पुरानो लयमा फर्कने योजनामा हुनेछ । नर्विच पनि पहिलो जितको खोजीमा रहनेछ । आर्सनलले सुरुवाती तीन खेलमा ब्रेन्टफर्ड र चेल्सीसँग समान २–० को हार बेहोर्दा म्यानचेस्टर सिटीसँग ५–० को फराकिलो हार बेहोरेको थियो ।

अपराजित ब्रेन्टफर्डले ब्राइटनसँग खेल्दा लेस्टर सिटीले घरेलु मैदानमा साविकको विजेता म्यानचेस्टर सिटीको आतिथ्यता गर्दैछ । म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा न्युक्यासल युनाइटेडको सामना गर्दैछ । यसै खेलमार्फत पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा दोस्रो डेब्यु खेल खेल्ने पक्का छ ।

साउथह्याम्टन र वेस्टह्याम तथा वाटफर्ड र वल्भ्सबीचको खेल पनि आज राति नै हुदैछ । गत सिजनको च्याम्पियन्स लिग च्याम्पियन चेल्सीले एस्टन भिल्लासँग राति १०:१५ बजे प्रतिस्पर्धा गर्दैछ ।

खेल समय

क्रिस्टल प्यालेसविरुद्ध टोटेनहम (साँझ ५:१५ बजे)

आर्सनलविरुद्ध नर्विच (राति ७:४५ बजे)

ब्रेन्टफर्डविरुद्ध ब्राइटन (राति ७:४५ बजे)

लेस्टरविरुद्ध म्यानचेस्टर सिटी (राति ७:४५ बजे)

म्यानचेस्टर युनाइटेडविरुद्ध न्युक्यासल (राति ७:४५ बजे)

साउथह्याम्टनविरुद्ध वेस्ट ह्याम (राति ७:४५ बजे)

वाटफर्डविरुद्ध वल्भ्स (राति ७:४५ बजे)

चेल्सीविरुद्ध एस्टन भिल्ला (राति १०:१५ बजे)

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.