default_image

3 years ago

September 13, 2021

एन्फा छाडेका खड्का साफमा

34 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व मिडिया अफिसर आयुष खड्काले दक्षिण एसियाली खेलकुद महासंघ (साफ) को हेड अफ मिडिया एन्ड कम्युनिकेसनको भूमिका सम्हालेका छन् ।

बंगलादेशको ढाकामा रहेको साफ मुख्यालयमा आइतबारबाट उनले जिम्मेवारी सम्हालेका छन् । ५ दिन क्वारेन्टिनमा बिताएपछि उनले जिम्मेवारी सम्हालेका हुन् । यद्दपी उनको नियुक्ती भने फेब्रुअरीमा नै भएको थियो । कोरोना महामारीका कारण उनी गत साता मात्र त्यसतर्फ गएका थिए ।

फुटबलमा काम गर्ने पहिला देखिकै इच्छा अनुसार नै एन्फामा प्रवेश गरेको बताउँदै खड्काले भने, ‘मलाई फुटबलमा पहिलादेखि नै रुची थियो । त्यसैले एन्फामा आबद्ध हुने अवसर मिल्यो । त्यसपछि जिम्मेवारी निर्वाह गर्ने क्रममा परिचयको दायरा पनि बढ्दै गयो र अझै फराकिलो दायरामा काम गर्ने चाहना अनुसार अहिले साफमा आइपुगेको छु । खुसी लागेको छ ।’

सन् २०१४ मा एन्फा प्रवेश गरेका खड्काले सुरुमा एन्फा मिडिया अफिसर तथा २०१८ देखि २०२० को अन्तिम सम्म इन्टरनेसनल रिलेशन (अन्तर्राष्ट्रिय सम्बन्ध) विभाग हेरेका थिए । त्यसअघि उनले झन्डै ८ वर्ष उनी खेलकुद पत्रकारिता गरेका थिए । २००५ देखि २०१३ सम्म काठमाडौं पोष्टमा खेलकुद पत्रकारिता गरेका उनले केहि समय सिन्ह्वामा पनि काम गरे ।

एसियाली फुटबल महासंघ (एएफसी) को फुटबल एडमिनिष्ट्रेसन सर्टिफिकेटको ९ महिने कोर्ष पूरा गरेको खड्काले एएफसी सि लाइसेन्स पनि उर्तिण गरेका छन् । एन्फामा काम गरेकै कारण आफ्नो दायरालाई फराकिलो पार्न सहज भएको उल्लेख गर्दै ३७ वर्षे खड्काले भने, ‘यहाँ मुख्यतः दक्षिण एसियाली फुटबल संघको गतिविधिलाई सञ्चारकर्मीलाई जानकारी दिने जिम्मेवारी हो । एन्फामा विगतमा मैले बटुलेको अनुभवले नयाँ भूमिका पनि सहयोग पुग्नेछ ।’

May 21, 2024

इंग्ल्याण्डको यूरो कपका लागि प्रारम्भिक टोली सार्वजनिक 

एजेन्सी – ग्यारेथ साउथगेटले युरो २०२४ का लागि आफ्नो ३३ खेलाडीको प्रारम्भिक इंग्ल्याण्ड टोली सार्वजनिक गरेका छन् । तीन वर्ष अघि घरेलु भूमिमा फाइनलमा पराजित इंग्ल्याण्ड यस पटक पनि उपाधि दावेदारको रुपमा रहेको छ ।  पछिल्लो केहि वर्षमा टोलीको महत्वपुर्ण खेलाडीका रुपमा रहेका मार्कस रासफोर्ड, जोर्डन हेन्डरसन र रहिम स्टर्लिङ यसपटक भने टोलीमा परेका छैनन् […]

May 21, 2024

रोनाल्डो व्यक्तिगत छैठौँ यूरो कपको प्रारम्भिक टोलीमा 

एजेन्सी – स्टार खेलाडी क्रिस्टियनो रोनाल्डो व्यक्तिगत छैठौँ  युरोपियन च्याम्पियनसिपका लागि पोर्चुगलको प्रारम्भिक टोलीमा परेका छन् । सन् २०१६ को युरोपियन च्याम्पियनसिपमा पोर्चुगलले उपाधि जित्दा नेतृत्व गरेका क्रिस्टियानो रोनाल्डोलाई युरो २०२४ का लागि रोबर्टो मार्टिनेजको २६ सदस्यीय टोलीमा समावेश गरेका हुन् । ३९ वर्षिय रोनाल्डो प्रतियोगितामा १४ गोलसहित कीर्तिमान गोलकर्ता हुन् भने उनले प्रतियोगितामा सबैभन्दा […]

May 21, 2024

समाज कल्याण चौथो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्र क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ । मंगलवार भएको दिनको दोस्रो खेलमा सानेपा क्लबलाई ४-० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । जित हासिल गरेको समाज कल्याणको ९ खेलमा १६ अंक भएको छ । पराजित सानेपाको समान ९ खेलमा ११ अंक […]

Success

Thank you for your time.