3 years ago
October 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई साविकको ४-३-३ को रणनीतिमा नै उतार्ने सम्भावना छ । गोलरक्षक किरण चेम्जोङले टोलीको कप्तानी गर्नेछन् । डिफेन्समा अनन्त तामाङ र दीनेश राजवंशी सेन्टर डिफेन्समा रहँदा सुमन अर्याल […]
काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ ।
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई साविकको ४-३-३ को रणनीतिमा नै उतार्ने सम्भावना छ । गोलरक्षक किरण चेम्जोङले टोलीको कप्तानी गर्नेछन् । डिफेन्समा अनन्त तामाङ र दीनेश राजवंशी सेन्टर डिफेन्समा रहँदा सुमन अर्याल र गौतम श्रेष्ठ विंगब्याकमा छन् ।
मिडफिल्डमा पुजन उपरकोटीले रक्षात्मक भूमिका निर्वाह गर्नेछन् । तेज तामाङ र रोहित चन्द सेन्टर मिडफिल्डमा खेल्ने सम्भावना छ । आक्रमणमा सुजल श्रेष्ठ र अन्जन विष्टले नवयुग श्रेष्ठलाई साथ दिनेछन् ।
यसआघ दिनको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । बंगलादेशले १-० को जित हासिल गर्दै ३ अंक जोडेको हो । बंगलादेशको जितमा टोपु बर्मनले दोस्रो हाफमा गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो । श्रीलंकाका डिफेन्डरले पेनाल्टी क्षेत्रभित्र ह्याण्ड गरेपछि रेफ्रीले ५६ औं मिनेटमा पेनाल्टी दिएका थिए । खेलमा श्रीलंकाका दुक्सन पुस्लासले रातो कार्ड खाएका थिए ।
नेपालले हालसम्म साफको १२ संस्करणमा खेल्दा २ पटक मात्र पहिलो खेलमा जित हासिल गरेको इतिहास छ । नेपाल पछिल्लो संस्करणमा माल्दिभ्ससँग सेमिफाइनलमा ३-० ले पराजित भएको थियो ।
यो पनि :
नेपालमाथि कमजोर सुरुवातको ‘ट्याग’
April 26, 2024
सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]
April 26, 2024
एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]
April 25, 2024
विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]