default_image

3 years ago

October 3, 2021

रियल म्याड्रिड एस्पान्योलसँग पराजित

123 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा रियल म्याड्रिड एस्पान्योलसँग पराजित भएको छ । एस्पान्योलले घरेलु मैदानमा लिगको शीर्ष स्थानमा रहेको रियललाई पहिलो हार दिलाउने क्रममा २-१ को जित दर्ता गरेको हो ।

एस्पान्योलले खेलको पहिलो हाफमा नै राउल डे टोमसको गोलमा अग्रता लिएको थियो । उनले १७ औं मिनेटमा एड्रियन एम्बार्बाको पासमा गोल गरेका थिए । पहिलो हाफमा १-० ले अघि रहेको एस्पान्योलका लागि ६० औं मिनेटमा एलेक्स भिडालले गोल गरे । बार्सिलोनाका पूर्व खेलाडी भिडालले केइदी बारेको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

७१ औं मिनेटमा करीम बेन्जेमाले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काएका थिए । लुका जोभिचको पासमा बेन्जेमाले गरेको होल अन्त्यमा सान्तवनामा नै सिमित भयो । रियलले खेलको अधिकांश समय बलमा पकड राखेपनि आक्रमण सोचेजस्तो हुन सकेन ।

यस हारका बाबजुद पनि रियल म्याड्रिड अंक तालिकाको शीर्ष स्थानमा कायम छ । रियलले ८ खेलमा ५ जित, २ बराबरी र १ हारसहित १७ अंक जोडेको छ । समान अंक जोडेको एटलेटिको गोलअन्तरमा पछि परेको छ ।

च्याम्पियन्स लिगमा शेरिफसँग हार बेहोरेको रियलका लागि यो साता बिर्सनलायक रहयो । अब लिग तालिकामा रियल सोसीडाड र सेभिल्लाले रियललाई उछिन्ने सम्भावना रहेको छ ।

यो पनि : पिएसजीको पहिलो हार

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.