default_image

3 years ago

October 9, 2021

मेस्सी भन्छन् – ‘पिएसजी आएर गल्ती गरेको छैन’

एजेन्सी – सुपर स्टार लिओनल मेस्सीको पेरिस सेन्ट जर्मेन (पिएसजी) को नयाँ यात्रा सोचे जस्तै सुखद हुन सकेन । बार्सिलोना छाडेर सिजनको सुरुवातमा उनी पिएसजी पुगेका थिए । गत साता लिग वानमा पहिलो हार बेहोर्ने क्रममा रेन्ससँग पिएसजी २–० ले पराजित भएको थियो । त्यसअघि च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीमाथि पिएसजीले २–० को जित निकालेको थियो […]

42 views

0 Bookmark

एजेन्सी – सुपर स्टार लिओनल मेस्सीको पेरिस सेन्ट जर्मेन (पिएसजी) को नयाँ यात्रा सोचे जस्तै सुखद हुन सकेन । बार्सिलोना छाडेर सिजनको सुरुवातमा उनी पिएसजी पुगेका थिए । गत साता लिग वानमा पहिलो हार बेहोर्ने क्रममा रेन्ससँग पिएसजी २–० ले पराजित भएको थियो ।

त्यसअघि च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीमाथि पिएसजीले २–० को जित निकालेको थियो । त्यो जितमा मेस्सीले दोस्रो गोल गरेका थिए । पिएसजीका लागि मेस्सीको त्यो नै पहिलो गोल थियो । सोचे जस्तो सुरुवात नभएपछि अर्जेन्टिनी सुपरस्टारले पिएसजीमा आबद्ध भएकोमा कुनै पछुतो नभएको बताएका छन् ।

पिएसजी पुगेयता पहिलो पटक अन्तवार्ता लिएका मेस्सीले आफूले पिएसजी जाने गरेको निर्णय सहि भएको बताएका छन् । ‘मैले पिएसजीमा आएर गल्ती गरेको छैन,’ उनले भनेका छन्,’ मलाई यहाँ सहज बनाउने धेरै खेलाडी छन् । नेयमार, पारेडेस, डी मारियासँग मेरो राम्रो सम्बन्ध छ । उनीहरुले मलाई निकै सहयोग गरे ।’

मेस्सीले पेरिस सहर नयाँ भएकाले परिवारलाई भने केहि कठिनाई भएको स्वीकारे । ‘म यहाँ केहि हराएको जस्तो भने भएको छु । सहर नयाँ भएकाले केही समय लाग्छ । बार्सिलोना सहर मलाई राम्रोसँग थाहा थियो । त्यहाँको बानी छुट्न गाह्रो हुने रहेछ,’ उनले भने ।

मेस्सीले बार्सिलोना छाडेयता भने क्लब दबाबमा रहेको छ । टोलीले ला लिगा वा च्याम्पियनन्स लिगमा सोचे जस्तो प्रदर्शन गर्न सकेको छैन । जसका कारण प्रशिक्षक रोनाल्ड कोम्यान पनि दबाबमा रहेका छन् । अर्को तर्फ मेस्सीले पिएसजीमा आफूलाई पूर्ण रुपमा भिजाउन पर्नेछ । क्याम्प नोउमा भन्दा पेरिसमा फरक वातावरण छ नै ।

‘मेस्सी सबै लुकाउन सक्छन् । उनी एकदमै राम्रो खेलाडी हुन् र हाम्रा लागि सबै जितेका छन्,’ कोम्यानले मेस्सीका बारेमा भनेका थिए, ‘उनी उत्कृष्ट खेलाडीबाट घेरिएका थिए । तर उनले फरक गर्न सक्छ । उनलाई धेरै धन्यवाद । यो आलोचना होइन, मेरो दृष्टिकोण हो ।’ पिएसजी पुगेयता ५ खेल खेलेका मेस्सीले अहिले सम्म १ गोल गरेका छन् ।

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

May 5, 2024

म्यानचेस्टर सिटीको जितमा हालान्डको चार गोल

एजेन्सी – स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल सँगै लगातार चौथो पटक इंग्लिश प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले वल्भस माथि ५-१ को फराकिलो जीत दर्ता गरेको हो । जोस्को गवार्डीओल माथि वल्भस्का आइट-नुरीले पाएको पेनाल्टीमा गोल गर्दै १२औं मिनेटमा हालान्डले सिटीलाई सुरुवाती अग्रता […]

May 5, 2024

बार्सिलोनाको हारसँगै रियललाई लालिगा उपाधि

एजेन्सी – बार्सिलोनाको हारसँगै रियल म्याड्रिडले २०२३/२४ सिजनको स्पेनिश शीर्ष डिभिजन लालिगाको उपाधिको जितेको छ । बार्सिलोना जिरोनाविरुद्ध ४-२ ले पराजित भएसँगै रियलले लिग उपाधि जित्ने पक्का भएको हो । बार्सिलोनाले खेलमा दुई पटक अग्रता लिएपनि हार बेहोर्न पुग्यो । खेलको तेस्रो मिनेटमा नै आन्द्रेयास क्रिस्टेनसनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । चौथो मिनेटमा […]

Success

Thank you for your time.