default_image

3 years ago

October 10, 2021

डेनमार्कको लगातार सातौ जित

103 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटमा डेनमार्कले लगातार सातौ जित दर्ता गरेको छ । डेनमार्कले घरेलु टोली मोल्दोभालाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो ।

सबै चार गोल पहिलो हाफमा नै भएको थियो । डेनमार्कको जितमा एन्ड्रिएस स्कोभ ओल्सेन, सिमोन कायर, क्रिस्टियन नोरग्राड र जाकिमले गोल गरे । मोल्दोभामा शनिबार राति भएको खेलको २३औं मिनेटमा एन्ड्रिएस स्कोभ ओल्सेनको गोलबाट डेनमार्कले अग्रता लिएको थियो ।

३४औं मिनेटमा कप्तान सिमोन कायरले पेनाल्टीमा गोल गर्दै डेनमार्कको अग्रता दोब्बर पारे । ३९औं मिनेटमा क्रिस्टियन नोरग्राडले ओल्सेनको पासमा गोल गर्दै डेनमार्कलाई ३–० ले अघि बढाए । ४४औं मिनेटमा जोआकिमले युसुफ पउल्सेनको पासमा गोल गरेपछि डेनमार्कले पहिलो हाफमा ४–० को आरामदायी अग्रता कायम ग¥यो ।

दोस्रो हाफमा पनि डेनमार्कले घरेलु टोलीलाई दवावमा राखेपनि थप गोल गर्न नसक्दा पहिलो हाफको चार गोल नै डेनमार्कको जितमा पर्याप्त बन्यो । लगातार सातौ जितसँगै डेनमार्कले विश्वकपमा छनोट हुने सम्भावना बलियो बनाएको छ ।

समूह ‘एफ’ मा शीर्षस्थानमा रहेको डेनमार्कको ७ खेलबाट २१ अंक पुगेको छ । डेनमार्कले दोस्रो स्थानमा रहेको स्कटल्यान्डलाई ७ अंकले नै पछि पारेको छ । पराजित मोल्दोभा १ अंक जोडेर पुछारमा रहेको छ ।

यही समूह ‘एफ’ को अर्काे खेलमा अष्ट्रियाले फारोइ आइल्यान्डलाई २–० ले पराजित गरेको छ । अष्ट्रियाको जितमा कोनराड लेइमेर र मार्सेल सवित्जरले गोल गरे । जितपछि अष्ट्रिया ७ खेलबाट १० अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । फारोइ आइल्यान्ड ४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

अर्काे खेलमा स्कटल्यान्डले इजरायललाई ३–२ ले पराजित गरेको छ । जितपछि स्कटल्यान्ड ७ खेलबाट १४ अंक जोडेर दोस्रो स्थानमा रहँदा इजरायल १० अंक जोडर तेस्रो स्थानमा यथावत रहेको छ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.