default_image

3 years ago

October 10, 2021

स्पेन र फ्रान्स उपाधिका लागि भिड्दै

एजेन्सी – युइएफए नेसन्स लिगको उपाधिका लागि आज (आइतबार) राति स्पेन र फ्रान्सबीच प्रतिस्पर्धा हुदैछ । खेल मिलानो इटालीमा नेपाली समयअनुसार राति १२ः३० बजे हुनेछ । दुवै टोली पहिलोपटक नेसन्स लिग च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । २०१८–१९ मा पोर्चुगलले नेदरल्यान्ड्सलाई १–० ले पराजित गर्दै पहिलो संस्करणको उपाधि जितेको थियो । स्पेनले इटालीलाई २–१ ले तथा […]

38 views

0 Bookmark

एजेन्सी – युइएफए नेसन्स लिगको उपाधिका लागि आज (आइतबार) राति स्पेन र फ्रान्सबीच प्रतिस्पर्धा हुदैछ । खेल मिलानो इटालीमा नेपाली समयअनुसार राति १२ः३० बजे हुनेछ ।

दुवै टोली पहिलोपटक नेसन्स लिग च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । २०१८–१९ मा पोर्चुगलले नेदरल्यान्ड्सलाई १–० ले पराजित गर्दै पहिलो संस्करणको उपाधि जितेको थियो । स्पेनले इटालीलाई २–१ ले तथा फ्रान्सले बेल्जियमलाई ३–२ ले हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो ।

युवा खेलाडीले भरिएको स्पेन विश्व विजेता फ्रान्सलाई स्तब्ध पार्दै च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । टोलीसँग फेरान टोरेस, मिकेल ओयरजवाल, पाब्लो साराविया, पाब्लो गाभिरा ९गाभी०, कप्तान सर्जियो बुस्क्वेट्स, कोकी, मार्कोस अलन्सो, पाउ टोरेस, एमेरिक लापोर्टा, सिसर एज्पिलिक्वेटा र गोलरक्षक युनाई सिमोन रहेका छन् । एरिक गार्सिया, यारेमी पिनो, ब्रायन गिल, मिकेल मेरिनो, सर्जी रोबर्टो, रोड्री र सर्जी रोबर्टो टोलीमा रहेका छन् ।

यता, विश्व विजेता फ्रान्स पनि स्पेनलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्यमा मैदान उत्रनेछ । टोलीसँग करिम बेन्जेमा, केलियन एमबाप्पे, एन्टोइन ग्रिजमन, पल पोग्वा, थियो हर्नान्डेज, बेन्जामिन पाभर्ड, लुकास हर्नान्डेज, राफयल भरान, जुलेस कोन्डे र गोलरक्षक ह्युगो लोरिस रहेका छन् ।

यि दुई टोलीबीचको पछिल्लो पाँच भेटमा स्पेन ३खेलमा विजयी भएको छ । एक खेल बराबरीमा सकिदा एक खेल फ्रान्सले आफ्नो पक्षमा पारेको छ । यि दुई टोली सन् २०१७ पछि पहिलोपटक आमाने–सामाने हुन लागेको हो । त्यतिबेला मैत्रीपुर्ण खेलमा स्पेनले २–० को जित निकालेको थियो ।

April 29, 2024

इङ्ल्यान्ड ‘सि’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीको आज एन्फाले विदाई समेत गर्दैछ । नेपाली टोलीमा नियमित डिफेन्डर अनन्त तामाङ […]

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

Success

Thank you for your time.