default_image

3 years ago

October 10, 2021

बेल्जियमलाई हराउँदै इटाली तेस्रो

55 views

0 Bookmark

एजेन्सी – बेल्जियममाथि सहज जित दर्ता गर्दै युरोपेली च्याम्पियन इटालीले युइएफए नेसन्स लिगमा तेस्रो स्थान हासिल गरेको छ ।इटालीले घरेलु मैदानमा बेल्जियमलाई २–१ पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो ।

इटालीको जितमा निकोलो बरेल्ला र डोमिनिको बेरारडीले गोल गरे । बेल्जियमका चार्लेस डि केटलारेले एक गोल फर्काए । एलिएन्ज एरिना टोरिनोमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा दोस्रो हाफमा तीन गोल निस्किएको थियो ।

१८औं मिनेटमा डोमिनिको बेरारडीले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई बेल्जियमका गोलरक्षक थिवाउट कोर्टुवाले बचाए । २५औं मिनेटमा एलेक्सिस सेलेमेकर्सको प्रहार क्रसबारमा लाग्दै बाहिरिदा बेल्जियम अग्रता लिनबाट चुक्यो ।

४७औं मिनेटमा निको बरेल्लाले गोल गर्दै इटालीलाई १–० को अग्रता दिलाए । ६०औं मिनेटमा मिचेल बात्सुयाईको प्रहार बारमा लागेर फर्कदा बेल्जियम बराबरीबाट चुक्यो । ६५औं मिनेटमा डोमिनिको बेरारडीले पेनाल्टीमा गोल गर्दै इटालीको अग्रता दोब्बर पारे । टिमोथी कास्टाग्नेले फेडरिको चिइसालाई फल गरेपछि रेफ्रीले इटालीलाई पेनाल्टी प्रदान गर्दा बेरारडी चुकेनन् ।

८२औं मिनेटमा यान्निक कारास्कोको प्रहारले गोलरक्षक जियानलुइजी डोन्नररुम्मालाई बिट गरेपनि पोस्टमा लागेर फर्कदा बेल्जियमले गोलअन्तर घटाउन सकेन । ८६औं मिनेटमा चार्लेस डि केटलारेले केभिन डि ब्रुयनको पासमा गोल गर्दै बेल्जियमलाई खेलमा २–१ को स्थितिमा ल्याएपनि हार टार्न सकेन ।

बेल्जियमले इटालीविरुद्ध आफ्नो महत्वपुर्ण दुई फरवार्ड कप्तान इडेन हाजार्ड र रोमेलु लुकाकुविनै खेलेको थियो । दुवै खेलाडी चोटका कारण टोलीबाट बाहिरिएका थिए ।आइतबार राति नै उपाधिका लागि स्पेन र फ्रान्सबीच प्रतिस्पर्धा हुदैछ । खेल नेपाली समयअनुसार राति १२ः३० बजे मिलानोमा शुरु हुनेछ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.