default_image

3 years ago

October 13, 2021

बंगलादेशविरुद्ध नेपाली टोलीमा आक्रामक परिवर्तन

59 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ । नेपालले भारतविरुद्ध हार बेहोरेको टोलीबाट ३ परिवर्तन गरेको छ ।

बंगलादेशविरुद्ध खेलका लागि आक्रमणमा अन्जन विष्ट, आयुष घलान र नवयुग श्रेष्ठ टोलीमा आएका छन् । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मनिष डाँगी, सुमन अर्याल र सुमन लामालाई पुन: बेन्चमा नै राखेका छन् ।

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन् । डिफेन्डरमा अनन्त तामाङ र दीनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुजल श्रेष्ठ खेल्ने सम्भावना छ । मिडफिल्डमा पुजन उपरकोटी र तेज तामाङलाई रोहित चन्दले साथ दिनेछन् । आक्रमणमा अन्जन विष्ट, नवयुग श्रेष्ठ र आयुष घलान रहेका छन् ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलकै क्रममा रणनीति परिवर्तन गर्ने सम्भावना पनि छ । सुजल श्रेष्ठ प्राकृतिक रुपमा लेफ्ट मिडफिल्डर भएपनि उनले भारतविरुद्ध मैत्रीपूर्ण खेलमा विंगब्याकमा खेलेका थिए । यसकारण नेपालले ३ जना डिफेन्स खेलाएर सुजल र गौतमलाई आक्रमणमा प्रयोग गर्न सक्छ ।

नेपालले यस खेलमा जित हासिल गरे वा बराबरी खेले फाइनलमा प्रवेश गर्नेछ । बंगलादेशले भने फाइनल प्रवेश गर्नका लागि जित हासिल गर्नुपर्ने बाध्यता रहेको छ । आज हुने दोस्रो खेलमा माल्दिभ्स र भारत खेल्नेछन् । उक्त खेलको विजेताले पनि फाइनलमा स्थान बनाउनेछ । बराबरीले भने माल्दिभ्स फाइनलमा पुग्नेछ ।

खेलको प्रत्यक्ष प्रसारण डिसहोमको एक्सन स्पोर्ट्सले गर्दैछ ।

June 2, 2024

विश्वकप छनोटका लागि साउदी जाने टोलीको विदाई

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत आफ्नो अन्तिम दुई खेल खेल्न साउदी अरब प्रस्थान गर्ने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ सम्पन्न भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच टोलीको विदाई गरेको हो । बिदाइमा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई सहित सिइओ […]

June 2, 2024

आर्मीका ५ खेलाडी समेट्दै राष्ट्रिय फुटबल टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका पाँच खेलाडी समेट्दै विश्वकप छनोटका अन्तिम दुई खेल खेल्ने नेपाली राष्ट्रिय पुरुष फुटबल टोली घोषणा भएको छ । साउदी अरबमा हुने युएई र यमन विरुद्ध बीचको छनोट खेलमा लागि २३ सदस्यीय फुटबल टोली घोषणा भएको हो । टोलीमा आर्मीका पाँच खेलाडी समेटिएका छन् । नियमित सदस्य भरत खवास, […]

June 2, 2024

मोउरिन्हो टर्किस लिगमा

एजेन्सी – प्रशिक्षक जोसे मोउरिन्हो टर्किस शीर्ष डिभिजनको क्लब फेनरबाचे पुगेका छन् । क्लबले सामाजिक सञ्जाल मार्फत मोउरिन्होलाई अनुबन्ध गरेको व्यहोरा सार्वजनिक गरेको हो । ६१ वर्षीया मोउरिन्होले इस्माइल कार्तललाई प्रतिस्थापन गर्नेछन् । कार्तलले शुक्रबार फेनेरबाचे लिग तालिकामा चिर प्रतिद्वन्दी गालातासाराय भन्दा पछि दोस्रो स्थान हासिल गरेपछि शुक्रबार क्लब छाडेका थिए । लिग सिजनभर एक […]

Success

Thank you for your time.