default_image

4 years ago

October 16, 2021

‘साफले अन्याय गर्दै फाइनल खेलाउने सपना तोड्यो’

410 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दक्षिण एसिया फुटबल महासंघ (साफ) ले फाइनलका लागि आफूलाई प्रतिबन्ध गर्दै अन्याय गरेको बताएका छन् । एन्फाले शनिबार विहान आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले आफ्नो भनाइ राखेका हुन् ।

साफले आफ्नो नियमावलीविपरित फाइनल खेलका लागि प्रशिक्षक अलमुताइरीलाई प्रतिबन्ध लगाउने निर्णय गरेपछि उनले पत्रकार सम्मेलनमार्फत आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन् । ‘साफले अन्याय गरेको छ । यो मलाई व्यक्तिगत रिसइवी साँध्न साफले कारवाही गरेको भन्ने लाग्छ । तर यो कारवाही म व्यक्तिलाई नभएर राष्ट्रिय टोलीको प्रशिक्षकलाई हो, नेपाली फुटबलमाथि कारवाही भएको हो,’ उनले भने ।

नियमावलीमा उल्लेख नभएको कारण देखाउँदै आफूलाई कारवाही गरेकोमा साफको एकपक्षीय निर्णयप्रति उनी दुखि देखिए । ‘मलाई निकै दुख लागेको छ । साफले मलाई किन निशानामा राखेको छ । मलाई त रंगशालामा नै प्रवेश गर्न पनि नदिने भनिएको थियो, तर मैले आफ्नो अधिकारको लागि आवाज उठाएँ । मलाई किन यस्तो व्यवहार गरिएको छ बुझ्न सकेको छैन,’ उनले थपे ।

प्रशिक्षक अलमुताइरीले साफले गरेको अन्यायविरुद्ध आफू कोर्ट अफ आर्बिट्रेसन इन स्पोर्ट्स (कास)मा समेत जाने बताए । उनले साफले आफ्नो फाइनल खेलाउने सपना चकनाचुर पारिदिएको बताए । ‘यो सहि भएन । एक प्रशिक्षकको आफ्नो टोलीका लागि मुख्य खेल खेलाउने सपना चकनाचुर भयो । म व्यक्तिगत रुपमा मन परेन भनेर यसो गर्नु सही भएन । या त भारतका प्रशिक्षक उपस्थित नहुने भएकाले मलाई पनि कारवाही गरिएको हो,’ उनले दुख पोखे ।

अलमुताइरीले नियम विपरित कारवाही गरे साफले फुटबल विकासबारे गर्ने कुरा बेकार हुने बताए । उनले आफ्नै नियम नमान्ने साफबाट केहि अपेक्षा गर्ने भन्ने प्रश्न गरे । ‘साफले नियम मान्नुपर्छ । मलाई लाग्छ साफले एकपक्षीय निर्णय गरेको छ । किन मेरो लागि आफ्नै नियमको सम्मान हुँदैन । खेल मैदानभित्र खेल्ने हो, मैदानबाहिर होइन । यदि साफ चाहन्छ भने सिधै भारतलाई उपाधि दिए भयो । भारतका प्रशिक्षक रातो कार्ड पाएर रिसाए भनेर हामीलाई कारवाही गर्नु ठिक भएन,’ उनले भने ।

अलमुताइरीले आफू मैदानभित्र नभएपनि टोलीले उपाधिका लागि खेल्ने बताए । ‘म त्यहाँ भएपनि नभएपनि टोलीले उपाधिका लागि खेल्नेछ । तर यो न्याय भएन । हामीलाई अन्याय गरेर साफले राम्रो गरेन,’ उनले थपे ।

एन्फाले यसबारे एएफसी र साफसँग छलफल गर्ने प्रयास गरिरहेको पनि बताएको छ ।

यो पनि पढ्नुहोस : अलमुताइरीलाई फाइनलमा प्रतिबन्ध, साफले आफ्नै नियम मिच्यो

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.