default_image

3 years ago

October 18, 2021

किनको गोलमा युभेन्टस विजयी

50 views

0 Bookmark

एजेन्सी – मोइस किनले गोल गरेपछि युभेन्टसले आइतबार सिरि एमा जोसे माउरिन्होको एएस रोमालाई पराजित गरेको छ । सिरि एमा जारी सिजनमा युभेन्ट्सको यो लगातार चौथो जित हो ।

एभर्टनबाट लोनमा युभेन्ट्स पुगेका किनले १६ औं मिनेटमा हेडमार्फत गोल गरेका थिए । त्यसका लागि रोड्रिगो बेन्टाकुरको भूमिका महत्वपूर्ण थियो । रोमाले खेलमा बराबरीको अवसर पाएको थियो । तर सफल हुन सकेन । पहिलो हाफका लागि एक मिनेट बाँकी रहँदा जोर्डन भेरेटोटको पेनाल्टी प्रहारलाई युभेन्ट्सका गोलकिपरले रोक्दै टोलीको संकट टारेका थिए ।

टमी अब्राहमलाई युभेन्ट्सका खेलाडीले फाउल गरेपछि रोमाले पेनाल्टी पाएको थियो । फाउल भएपनि अब्राहमको प्रहारमा बल गोलमा परिणत भएको थियो । तर रेफ्रीले त्यसअघि नै पेनाल्टीको इशारा गरिसकेका थिए । तर, टोली पेनाल्टीको फाइदा उठाउन असफल भयो । इंग्ल्यान्डका फरवार्डले आफै पेनाल्टी हान्नका लागि बल लिएपछि पछि भेरेटोटले प्रहार गरे । त्यसमा गोलकिपर बाधक रहे ।

रोमाले जारी सिजनमा तेस्रो हार बेहोरेको छ । जसका कारण टोली शीर्षस्थानको नेपोली भन्दा ९ अंकले पछाडि परिसकेको छ । नेपोलीले खेलमा सतप्रतिशत नतिजा निकाल्दै २४ अंक जोडेको छ । कमजोर ढंगले सिजनको सुरुवात गरेको युभेन्ट्स (१४ अंक) सातौं स्थानमा उक्लेको छ ।

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

May 16, 2024

म्यानचेस्टर युनाइटेडलाई सफलता

एजेन्सी – म्यानचेस्टर युनाइटेड बुधबार इंग्लिस प्रिमियर लिगमा विजयी भएको छ । युनाइटेडले न्युक्यासललाई ३ –२ ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितका लागि कोबी माइनो, अमद डेल्लो र रसमस हजलण्डले समान १ गोलल गरे । न्युक्यासलका एन्टोनी गोर्डन र लेविस हलले गोल गरे । माइनोको गोलमा युनाइटेडले ३१ औं मिनेटमा अग्रता लियो । गोर्डनले […]

Success

Thank you for your time.