default_image

3 years ago

October 20, 2021

रियल म्याड्रिडको सानदार जित

77 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगमा सानदार जित दर्ता गरेको छ । रियलले युक्रेनी क्लब साख्तर डोनेक्समाथि उसकै मैदानमा ५–० को प्रभावशाली जित निकालेको हो ।

रियलको सानदार जितमा ब्राजिली युवा विंगर भिनिसियस जुनियरले दुई तथा रोड्रिगो र कप्तान करिम बेन्जेमाले समान एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।

एनएसके ओलम्पिक स्टेडियममा मंगलबार राति भएको खेलमा पाहुना टोली रियलले पहिलो हाफमा आत्मघाती गोलबाट अग्रता लिएको थियो । लुकास भास्क्वेजको थ्रु बलमा करिम बेन्जेमाले प्रयास गर्दा क्रिभस्टभले आफ्नै पोस्टमा गोल गर्न पुग्दा रियलले पहिलो हाफमा १–० को अग्रता लिन सफल भयो ।

दोस्रो हाफमा १५ मिनेटको अन्तरमा तीन गोल गर्दै रियल फराकिलो जिततर्फ अग्रसर बन्यो । ५१औं मिनेटमा ब्राजिली युवा विंगर भिनिसियसको गोलमा रियलले खेलमा अग्रता दोब्बर बनायो । उनले लुका मोड्रिचको पासमा गोल गरेका थिए ।

५६औं मिनेटमा भिनिले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । ६५औं मिनेटमा दुई गोल गरिसकेका भिनिको पासमा अर्का ब्राजिली विंगर फरवार्ड रोड्रिगोको गोल गर्दै रियललाई फराकिलो जिततर्फ अघि बढाए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा कप्तान करिम बेन्जेमाले मार्काे एसेन्सियाको पासमा गोल गर्दै रियललाई ५–० को सानदार जित दिलाए ।

यो जितसँगै रियल ३ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । समान ६ अंक नै रहेपनि रियल हेड टु हेडमा एफसी सेरिफ भन्दा पछि छ । रियलले घरेलु मैदानमा सेरिफसँग २–१ को हार बेहोरेको थियो । पराजित साख्तर १ अंक जोडेर पुछारमा छ ।

यही समूह ‘डी’ को अर्काे खेलमा इटालियन क्लब इन्टर मिलानले मोल्दोभाको एफसी सेरिफमाथि ३–१ को सहज जित निकालेको छ । इन्टरको जितमा इडेन जेको, आर्टुरो भिडाल र स्टेफन डि भिरिजले गोल गरे । सेरिफका सेवास्टिन थिलले एक गोल फर्काए ।

यो नजितासँगै सेरिफ दतीन खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा यथावत छ । सेरिफलाई हराएको इन्टर ४ अंक जोडेर तेस्रोमा रहेको छ ।

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

May 16, 2024

म्यानचेस्टर युनाइटेडलाई सफलता

एजेन्सी – म्यानचेस्टर युनाइटेड बुधबार इंग्लिस प्रिमियर लिगमा विजयी भएको छ । युनाइटेडले न्युक्यासललाई ३ –२ ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितका लागि कोबी माइनो, अमद डेल्लो र रसमस हजलण्डले समान १ गोलल गरे । न्युक्यासलका एन्टोनी गोर्डन र लेविस हलले गोल गरे । माइनोको गोलमा युनाइटेडले ३१ औं मिनेटमा अग्रता लियो । गोर्डनले […]

Success

Thank you for your time.