default_image

3 years ago

October 24, 2021

अमिशाको ९ गोलमा बाँसगढीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – अमिशा कार्कीले तेहोरो ह्याट्रिक पुरा गरेपछि बर्दियाको बाँसगढी नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा बाँसगढीले पुतलीबजार नगरपालिका स्याङ्जालाई १८–० को भारी गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । बाँसगढीको जितमा अमिशा […]

27 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अमिशा कार्कीले तेहोरो ह्याट्रिक पुरा गरेपछि बर्दियाको बाँसगढी नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा बाँसगढीले पुतलीबजार नगरपालिका स्याङ्जालाई १८–० को भारी गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । बाँसगढीको जितमा अमिशा कार्की एक्लैले ९ तथा रेनुका हमालले ५ गोल गरिन् । दुर्गा कुमारी चौधरीले दुई तथा सुस्मिता चौधरी र मनिका घर्ति मगरले समान एक गोल गरिन् । यसअघि बाँसगढीले पहिलो खेलमा भक्तपुर नगरपालिकालाई १२–० ले पराजित गरेको थियो ।

यस्तै झापाको शिवसताक्षी नगरपालिकाले देवचुली नगरपालिकालाई १–० ले पराजित गर्दै छनोटमा लगातार दोस्रो जित निकालेको छ । शिवसताक्षीको जितमा शर्मिला राईले निर्णायक गोल गरिन् । उनले खेलको ३०औं मिनेटमा गोल गरेकी थिइन् । शिवसताक्षीले यस अघि पहिलो खेलमा जानकी नगरपालिकालाई ४–० ले पराजित गरेको थियो ।

यस्तै अर्काे खेलमा काठमाठौं महानगरपालिका र रोङ गाँउपालिकाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

May 5, 2024

म्यानचेस्टर सिटीको जितमा हालान्डको चार गोल

एजेन्सी – स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल सँगै लगातार चौथो पटक इंग्लिश प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले वल्भस माथि ५-१ को फराकिलो जीत दर्ता गरेको हो । जोस्को गवार्डीओल माथि वल्भस्का आइट-नुरीले पाएको पेनाल्टीमा गोल गर्दै १२औं मिनेटमा हालान्डले सिटीलाई सुरुवाती अग्रता […]

May 5, 2024

बार्सिलोनाको हारसँगै रियललाई लालिगा उपाधि

एजेन्सी – बार्सिलोनाको हारसँगै रियल म्याड्रिडले २०२३/२४ सिजनको स्पेनिश शीर्ष डिभिजन लालिगाको उपाधिको जितेको छ । बार्सिलोना जिरोनाविरुद्ध ४-२ ले पराजित भएसँगै रियलले लिग उपाधि जित्ने पक्का भएको हो । बार्सिलोनाले खेलमा दुई पटक अग्रता लिएपनि हार बेहोर्न पुग्यो । खेलको तेस्रो मिनेटमा नै आन्द्रेयास क्रिस्टेनसनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । चौथो मिनेटमा […]

Success

Thank you for your time.