default_image

3 years ago

October 25, 2021

कन्काई र ललितपुर नकआउट चरणमा

31 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कन्काई नगरपालिका र ललितपुर महानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग २०७८ को छनोट चरण अन्तर्गत सोमबार नकआउट चरणमा स्थान पक्का गरेका छन् ।

समूहको अन्तिम खेलमा दुवै टोलीले बराबरी खेल्दै आफू अनुकुल नतिजासहित नकआउट चरणमा प्रवेश गरेका हुन् । कन्काईले बागमती नगरपालिका, सर्लाहीलाई १-१ को बराबरीमा रोक्दै समूह विजेता बन्न सफल भयो । खेलको २१ औं मिनेटमा कुसुम खतिवडाले गोल गर्दै कन्काईलाई अग्रता दिलाएकी थिइन् । इमा राईको क्रसलाई गोलरक्षक सपना राईले फुस्काएपछि आएको बललाई कुसुमले गोललाइन नजिकबाट गोल गरेकी थिइन् ।

दोस्रो हाफमा बागमतीले गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेन । ८६ औं मिनेटमा सदीपा भोलोनले गोल गर्दै खेलमा फर्काउने प्रयास गरिन् । काउन्टर अट्याकमा गोलरक्षक अघि बढेपछि उनले झन्डै ३० यार्ड टाढाबाट गोल गरेकी थिइन् । तर थप गोल गर्न नसक्दा खेल १-१ को बराबरीमा सकियो ।

समान ७-७ अंक बोकेपनि गोलअन्तरको आधारमा कन्काई अघि बढेको हो । कन्काईले यसअघि गोदावरीलाई १२-० तथा महालक्ष्मी नगरपालिकालाई १९-० ले पराजित गरेको थियो । बागमतीले महालक्ष्मीलाई ९-० तथा गोदावरीलाई ७-० ली हराएको थियो । गोदावरीले सोमबार नै भएको पहिलो खेलमा महालक्ष्मीलाई ५-३ ले हराउँदै सान्त्वना जित दर्ता गर्यो ।

त्यस्तै दिनको अन्तिम खेलमा कालिका नगरपालिकालाई १-१ को बराबरीमा रोक्दै ललितपुर महानगरपालिका पनि नकआउट चरणमा प्रवेश गर्यो । ललितपुरले खेलको पहिलो हाफमा रजनी थोकरको गोलमा अग्रता लिएको थियो । कालिकाकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले दोहोरो बचाउ गरेपछि तेस्रो प्रयासमा रजनीले गोल गरेकी थिइन् ।

दोस्रो हाफमा कालिकाका लागि निशा थोकरले गोल फर्काइन् । उनले ६१ औं मिनेटमा सविता रानामगरको कर्नरमा हेडरमार्फत गोल गरेकी थिइन् । दुवै टोलीले त्यसपछि आक्रमण बुनेपनि गोल हुन नसक्दा ललितपुरले नकआउट चरणको यात्रा तय गर्यो ।

ललितपुरले समूहको पहिलो खेलमा कागेश्वरी मनोहरा नगरपालिकालाई १०-० ले पराजित गरेको थियो । त्यस्तै कालिकाले पनि कगेश्वरीलाई १०-० ले नै पराजित गरेको थियो । तर कालिकाले उक्त खेलमा नियममा विभागका ४ खेलाडी खलाउन पाउने उल्लेख भएपनि त्यसविपरित ५ खेलाडी खेलाएपछि नतिजा कागेश्वरीको पक्षमा ३-० को जित दिइएको थियो । ललितपुरले २ खेलमा ४ अंक जोड्दा कागेश्वरी ३ अंकसहित दोस्रो र कालिका १ अंकसहित पुछारमा रहयो ।

प्रतियोगितामा कुल ३१ टोलीलाई १० समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष टोली नकआउट चरणमा प्रवेश गर्नेछ । प्रतियोगिताको विजेता र उपविजेता टोली राष्ट्रिय लिगमा छनोट हुनेछन् ।

यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार तथा प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०-२० हजार प्राप्त गर्नेछन् ।

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

May 6, 2024

एन्फा राजनीति मैदानभित्र पस्दा खेलाडीको खेल्ने अधिकार कुण्ठित!

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान पल्टाउने हो भने संघको उद्देश्यको पहिलो बुँदामै फुटबल खेलको निरन्तर सुधार गर्ने तथा स्वच्छ खेल र आपसी एकताका कार्यक्रम प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ । तर संघको वर्तमान कार्यशैली हेर्दा न खेलको सुधारमा ध्यान देखिन्छ न त आपसी एकता नै । विगत केही वर्षयता गुटको […]

Success

Thank you for your time.