default_image

3 years ago

October 30, 2021

भिनिसियस चम्कँदा रियल म्याड्रिडको जित

39 views

0 Bookmark

एजेन्सी – ब्राजिली युवा विंगर भिनिसियस जुनियरको दुई गोलको मद्दतमा रियल म्याड्रिडले इल्चेलाई पराजित गरेको छ । रियलले १० खेलाडीमा समेटिएको घरेलु टोली इल्चेलाई २–१ ले पराजित गर्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । इल्चेका पेरे मिल्लाले एक गोल फर्काए ।

इल्चेको मैदानमा शनिबार राति भएको खेलमा रियलले खेलको १८औं मिनेटमा अग्रता लिएको थियो । भिनिसियस जुनियरले मारियानो डियाजको पासमा गोल गर्दै रियललाई अग्रता दिलाए । ३१औं मिनेटमा पेरेजले ओभरहेड किक प्रयास गरेपनि सदुपयोग हुन सकेन । ६३औं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटिन पुग्यो । राहुल गुटी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएको थियो ।

त्यसको १० मिनेटपछि भिनिसियसले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे । भिनिसियसले लुका मोड्रिचको पासलाई सदुपयोग गरेका थिए । ८६औं मिनेटमा पेरे मिल्लाले डारियो बेनेडेटोको पासमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा रियल विजयी हुन सफल भयो ।

जितपछि रियल ११ खेलबाट २४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान २४ अंक नै रहेपनि रियल सोसिडाड दोस्रो स्थानमा रहेको छ । पराजित इल्चे १० अंक जोडेर १५औं स्थानमा रहेको छ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.