default_image

3 years ago

October 31, 2021

जेम्स चम्कदा चेल्सीको सानदार जित

21 views

0 Bookmark

एजेन्सी – इंग्लिस मिडफल्डर रिस जेम्सको दुई गोल तथा जर्गिन्होको एक गोल मद्दतमा लन्डन क्लब चेल्सीले सानदार जित दर्ता गरेको छ । चेल्सीले घरेलु टोली न्युक्यासल युनाइटेडमाथि ३–० को सहज जित हात पारेको हो ।

सेन्ट जेम्स पार्कमा चेल्सीको सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो । शनिबार राति भएको खेलमा चेल्सीले खेलको ६५औं मिनेटमा रिस जेम्सको गोलबाट अग्रता लिएको थियो ।

७७औं मिनेटमा रिस जेम्सले व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । ८१औं मिनेटमा जर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीको जित पक्का गरे ।

यो जितसँगै चेल्सी १० खेलबाट २५ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । चेल्सीले शीर्षस्थानमा स्पष्ट ३ अंकको अग्रता लिन सफल भएको छ । पराजित न्युक्यासल ४ अंक जोडेर १९औं स्थानमा रहेको छ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.