default_image

3 years ago

October 31, 2021

आर्सनलको जित, लिभरपुल रोकियो

32 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले जित निकाल्दा लिभरपुल बराबरीमा रोकिएको छ । आर्सनलले घरेलु टोली लेस्टर सिटीलाई २–० ले पराजित गरेको हो ।

किङ पावर स्टेडियममा शनिबार राति भएको खेलमा आर्सनलको जितमा गाब्रियल र इमिल स्मिथ रोवीले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको पाँचौ मिनेटम नै बुकायो साकाको पासमा गाब्रियलले गोल गर्दै आर्सनललाई १–० को अग्रता दिलाए ।

१८औं मिनेटमा इमिल स्मिथ रोवीले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा आर्सनल विजयी हुन सफल भयो । जितपछि आर्सनल १० खेलबाट १७ अंक जोडेर सातौ स्थानमा उक्लिएको छ । पराजित लेस्टर १४ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

अर्काे खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा लिभरपुल घरेलु मैदानमा ब्राइटनसँग २–२ गोलको बराबरीमा रोकिएको छ । एनफिल्डमा लिभरपुलका जोर्डन हेन्डरसन र साडियो मानेले गोल गर्दा ब्राइटनका इनक विपु र लियान्द्रो ट्रोससार्डले बराबरी गोल फर्काए ।

खेलको चौथो मिनेटमा नै मोहम्मद सलाहको पासमा जोर्डन हेन्डरसनले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । २४औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । ३३औं मिनेटमा साडियो मानेले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । ४१औं मिनेटमा इनक विपुले गोल गर्दै ब्राइटनलाई खेलमा २–१ को अवस्थामा ल्याए । ६५औं मिनेटमा लियान्द्रो ट्रोससार्डले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

बराबरीपछि लिभरपुल दोस्रो स्थानमा यथावत रहेको छ । लिभरपुल शीर्षस्थानको चेल्सीसँग ३ अंकले पछि परेको छ । लिभरपुलको २२ तथा चेल्सीको २५ अंक छ । ब्राइटन १६ अंक जोडेर सातौ स्थानमा रहेको छ ।

अन्य नतिजा

बर्नलेविरुद्ध ब्रेन्टफर्ड (–१), म्यानचेस्टर सिटीविरुद्ध क्रिस्टल प्यालेस (०–), न्युक्यासलविरुद्ध चेल्सी (०–), वाट्फोर्डविरुद्ध साउथह्याम्टन (०–) र टोटेनहमविरुद्ध म्यानचेस्टर युनाइटेड (०–)

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.