default_image

3 years ago

October 31, 2021

एएफसी यू २३ छनोट- नेपाल र लेबनान भिड्दै

55 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ताजिकिस्तानमा रहेको नेपाली युवा टोली सुखद अन्त्यको अपेक्षाका साथ आइतबार लेबनानविरुद्ध उत्रदैछ । एएफसी यू २३ को समूह चरणमा प्रतिस्पर्धा गर्न गएको नेपाली टोलीले सुरुवाती दुई खेलमा पराजय भोगेको थियो ।

नेपाल र लेबनानबीचको खेल आइतबार दिउँसो ४ः४५ बजे रिपलिब्लकन सेन्ट्रल स्टेडियममा सुरु हुनेछ । नेपाल मात्र होइन लेबनानले पनि अघिल्ला दुवै खेल गुमाइसकेको छ । त्यसअर्थ समूह चरणको अन्तिम खेल दुवै टोलीका लागि प्रतिष्ठाको लडाइन हुनेछ ।

इरानसँगको पहिलो खेल ४–० ले गुमाएको नेपालले आयोजक ताजिकिस्तानसँग ६–० ले पराजित भएको थियो । समूह बीमा नेपाल र लेबनान अंकविहिन छन् । समान ६ अंक जोेडेका ताजिकिस्तान शीर्षस्थान र इरान दोस्रो स्थानमा छ ।

समूहको शीर्ष टोली सिधै अन्तिम चरणमा छनोट हुँदा दोस्रो स्थान हासिल गर्ने उत्कृष्ट चार टोली पनि अघि बढ्नेछन् । नेपालले हालसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहिन हुँदै छनोटबाट घर फर्केको थियो । दुवै संस्करणमा नेपालले गोल गर्न सकेको थिएन ।

प्रतियोगिताको पाँचौ संस्करणमा आइपुग्दा इराक, जापान, उज्बेकिस्तान र दक्षिण कोरियाले १–१ पटक उपाधि जितेका छन् । साविक विजेता दक्षिण कोरिया सन् २०१६ मा उपविजेता समेत रहेको थियो । गत संस्करणमा पराजित साउदी अरेबिया भने २०१३ मा भएको पहिलो संस्करणमा पनि फाइनलमा हारेको थियो ।

नेपाली यू २३ टोली

गोलरक्षक – अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल

डिफेन्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दिप पौडेल, अभिषेक लिम्बु, शिव गुरुङ

मिडफिल्डर – नितिन थापा, सुरज ज्यु ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्वे, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, एरिक विष्ट, रोशन पहारी

फरवार्ड – मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, ऋतिक कुमार खड्का

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.