default_image

3 years ago

October 31, 2021

नेपाल गोलविहिन र अंकविहिन हुँदै बाहिरियो

56 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-२३ राष्ट्रिय फुटबल टोली एएफसी यू-२३ एसियन कप छनोट अन्तर्गत समूह बी मा लगातार तेस्री हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । आइतबार भएको समूहको अन्तिम खेलमा नेपाल लेबनानसँग ४-० ले पराजित भयो ।

पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफमा ३ गोल खाएको थियो । खेल अवधिभर नै लेबनानले नेपालमाथि दबाब राखेको थियो । पुन: एकपटक एसियन यू-२३ छनोटमा नेपालले गोल गर्न सकेन । लेबनानविरुद्ध २६ औं मिनेटमा पहिलो गोल खाएको टोलीले दोस्रो हाफको दोस्रो मिनेटमा नै दोस्रो गोल खायो । त्यसपछि लेबनानले ७४ औं र ८२ औं मिनेटमा गोल गर्दै फराकिलो जित पक्का गर्यो ।

अघिल्लो दुवै प्रतियोगितामा गोलविहिन नेपालले यसपटक पनि विपक्षीलाई दबाब दिन सकेन । वर्तमान राष्ट्रिय टोलीका ६ खेलाडी तथा सिनियर टोलीको अनुभव बोकेका अन्य ५ खेलाडी भएपनि टोलीको आक्रमण फितलो सावित भयो । रक्षात्मक रुपमा पनि प्रशिक्षक बालगोपाल महर्जनले मिडफिल्डरलाई डिफेन्समा उतारेका थिए ।

पहिलो खेलमा इरानसँग ४-० ले पराजित नेपाली टोलीले दोस्रो खेलमा ताजिकिस्तानसँग ६-० को हार बेहोरेको थियो । समूह अन्तर्गत विहीबारको अर्को खेलमा इरानले लेबनानलाई २-० ले पराजित गरेको थियो । पहिलो खेलमा ताजिकिस्तानसँग १-० ले पराजित लेबनानको पनि छनोट हुने सम्भावना यसअघि नै सकिएको थियो । इरान र ताजिकिस्तानको ६-६ अंक हुँदा लेबनान ३ अंकसाथ छनोट अन्त्य गर्यो । नेपालले भने अंकको खाता खोल्न सकेन । आज अर्को खेलमा इरान र ताजिकिस्तानबीच समूह विजेता बन्नका लागि प्रतिस्पर्धा हुनेछ ।

समूहको शीर्ष टोली सिधै अन्तिम चरणमा छनोट हुँदा दोस्रो स्थान हासिल गर्ने उत्कृष्ट चार टोली पनि अघि बढ्नेछन् । नेपालले हालसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहिन हुँदै छनोटबाट घर फर्केको थियो । दुवै संस्करणमा नेपालले गोल गर्न सकेको थिएन ।

प्रतियोगिताको पाँचौ संस्करणमा आइपुग्दा इराक, जापान, उज्बेकिस्तान र दक्षिण कोरियाले १–१ पटक उपाधि जितेका छन् । साविक विजेता दक्षिण कोरिया सन् २०१६ मा उपविजेता समेत रहेको थियो । गत संस्करणमा पराजित साउदी अरेबिया भने २०१३ मा भएको पहिलो संस्करणमा पनि फाइनलमा हारेको थियो ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.