default_image

3 years ago

November 2, 2021

कोन्टे टोटेनहमको मुख्य प्रशिक्षक नियुक्त

एजेन्सी – इटालियन प्रशिक्षक एन्टोनियो कोन्टे प्रिमियर लिग फर्केका छन् । टोटेनहमले उनलाई टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेसँगै उनी प्रिमियर लिग फर्कने पक्का भएको हो । नुनो इस्प्रिटो सान्टोलाई बर्खास्त गरेको भोली पल्ट मंगलबार टोटेनहमले चेल्सीका पूर्व प्रशिक्षक समेत रहेका कोन्टेलाई नयाँ प्रशिक्षक नियुक्त गरेको हो । ५२ वर्षे प्रशिक्षकले यसअघि इन्टर मिलानको नेतृत्व […]

47 views

0 Bookmark

एजेन्सी – इटालियन प्रशिक्षक एन्टोनियो कोन्टे प्रिमियर लिग फर्केका छन् । टोटेनहमले उनलाई टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेसँगै उनी प्रिमियर लिग फर्कने पक्का भएको हो । नुनो इस्प्रिटो सान्टोलाई बर्खास्त गरेको भोली पल्ट मंगलबार टोटेनहमले चेल्सीका पूर्व प्रशिक्षक समेत रहेका कोन्टेलाई नयाँ प्रशिक्षक नियुक्त गरेको हो ।

५२ वर्षे प्रशिक्षकले यसअघि इन्टर मिलानको नेतृत्व गरेका थिए । सम्झौता थप्ने विकल्पसहित कोन्टेले टोटेनहमसँग २ वर्षको सम्झौता गरेका छन् । ‘प्रिमियर लिग क्लबको प्रशिक्षकका रुपमा फर्कन पाउँदा म एकदम खुसी छु । क्लबसँग विश्वको उत्कृष्ट मध्येको रंगशाला छ,’ उनले भनेका छन्, म टोलीसँग काम गर्नका लागि प्रतीक्षा गर्न सक्दिन ।’

कोन्टेले चेल्सीलाई दुई वर्ष प्रशिक्षण दिएका थिए । उनले आफ्नो पहिलो वर्ष २०१६/१७ मा चेल्सीलाई प्रिमियर लिग उपाधि दिलाएका थिए । त्यस्तै उनले २०१८ मा एफए कप जितेका थिए । प्रिमियर लिगको प्रशिक्षकका रुपमा उनले ७६ खेल खेलाउँदै ५१ खेल जितेका थिए । उनी तीन पटक मेनेजर अफ मन्थ चुनिएका थिए ।

गत सिजन उनले मिलानलाई सिरि ‘ए’ जिताएका थिए । प्रशिक्षकका रुपमा त्यो उनको चौथो सिरि ‘ए’ उपाधि थियो । त्यसअघि उनले २०११ देखि २०१४ सम्म लगातार तीन पटक युभेन्ट्सलाई सिरिए जिताएका थिए । उनले आफ्नो खेल जीवनको अधिकांश समय युभेन्ट्समै बिताएका थिए । इटालीबाट उनले २० खेल समेत खेलेका थिए । उनको प्रशिक्षणमा टोटेनहमले आइतबार एभर्टनको सामना गर्नेछ ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.