default_image

3 years ago

November 3, 2021

लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको सानदार जित

85 views

0 Bookmark

एजेन्सी – पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा जर्मन क्लब बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिगमा सानदार जित दर्ता गरेको छ ।

घरेलु मैदानमा बायर्नले पोर्चुगिज क्लब बेन्फिकामाथि ५–२ को फराकिलो जित निकालेको हो । सर्ज जिनाब्री र लिरोए सानेले समान एक गोल गरे । बेन्फिकाका मोराटो र डार्विन नुनेजले समान एक गोल गरे ।

एलिएन्ज एरिनामा म्युनिखमा मंगलबार राति भएको खेलमा घरेलु टोलीले खेलको २६औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको गोलबाट अग्रता लिएको थियो । उनले किङ्सले कोमनको पासमा गोल गरेका थिए । ३२औं मिनेटमा सर्ज जिनाब्रीले लेवान्डोस्कीको पासमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।
३८औं मिनेटमा मोराटोले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लेवान्डोस्की पेनाल्टीमा चुके । ४९औं मिनेटमा लिरोए सानेले अलफन्सो डाभिसको पासमा गोल गर्दै बायर्नलाई ३–१ ले अघि बढाए ।

६१औं मिनेटमा लिरोए सानेको पासमा गोल गर्दै लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि बायर्न फराकिलो जिततर्फ अग्रसर बन्यो । ७४औं मिनेटमा डार्विन नुनेजले गोल गर्दै खेललाई ४–२ को अवस्थामा ल्याएपनि ८४औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पुरा गर्दै बायर्नलाई ५–२ को फराकिलो जित दिलाए ।

यो जितसँगै बायर्नले समूह चरणमा दुई खेल बाँकी छदै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । यो जितपछि समूह ‘ई’ मा अपराजित रहेको बायर्न ४ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित बेन्फिका ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यही समूहको अर्काे खेलमा क्याटलान क्लब बार्सिलोनाले युक्रेनी क्लब डेनामो किएभलाई १–० ले पराजित गर्दै नकआउट चरणमा पुग्ने सम्भावना जीवितै राखेको छ । बार्सिलोनाको जितमा अन्सु फातीले ७०औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

जितपछि बार्सिलोना ४ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित किएभ १ अंकसहित पुछारमा छ ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.