default_image

3 years ago

November 3, 2021

डिबाला चम्कदा युभेन्ट्स नकआउटमा

30 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले दुई गोलसँगै एक असिस्ट दिएपछि इटालियन क्लब युभेन्ट्सले रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गलाई पराजित गर्दै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ ।

घरेलु मैदानमा जेनिथमाथि ४–२ को जित निकाल्दै समूह ‘एच’ मा अपराजित रहँदै तथा दुई खेल बाँकी छदै युभेन्ट्सले प्रि–क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । एलिएन्ज एरिना टोरिनोमा घरेलु टोलीको जितमा डिबालाले दुई गोल गर्दा फेडरिको चिइसा र अल्भारो मोराटाले समान एक गोल गरे । जेनिथका सरदार एजमोउनले एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।

मंगलबार राति भएको खेलमा पाउलो डिबालाको गोलबाट युभेन्ट्सले खेलको ११औं मिनेटमा अग्रता लिएको थियो । २६औं मिनेटमा लियोनार्दाे बोनुचीले आत्मघाती गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा पुगेको थियो । ५८औं मिनेटमा डिबालाले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई खेलमा २–१ को अग्रता दिलाए ।

७३औं मिनेटमा फेडरिको चिइसाले फेडरिको बर्नरडेस्चीको पासमा गोल गर्दै युभेन्ट्सलाई जिततर्फ असघ बढाए । ८२औं मिनेटमा अल्भारो मोराटाले डिबालाको पासमा गोल गर्दै युभेन्ट्सलाई ४–१ ले अघि बढाए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सरदारले गोल गर्दै खेललाई ४–२ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्ट्स विजयी हुन सफल भयो ।

यो जितपछि अपराजित रहेको युभेन्ट्सको ४ खेलबाट १२ अंक पुगेको छ । पराजित जेनिथ ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । चेल्सीको ९ तथा माल्मोले अंकको खाता खोल्न सकेको छैन ।

यही समूहको अर्काे खेलमा चेल्सीले माल्मोलाई १–० ले पराजित गरेको छ । चेल्सीका लागि हाकिमी जियाचले ५६औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.