default_image

3 years ago

November 3, 2021

फातीको गोलमा बार्सिलोनाको जित

54 views

0 Bookmark

एजेन्सी – स्पेनिस युवा फरवार्ड अन्सु फातीको निर्णायक गोलमा क्याटलान क्लब बार्सिलोनाले युइएफए च्याम्पियन्स लिगमा महत्वपुर्ण जित निकालेको छ ।

बार्सिलोनाले घरेलु टोली डेनामो किएभलाई १–० ले पराजित गरेको हो । अन्सु फातीले दोस्रो हाफमा गरेको गोल नै बार्सिलोनालाई ३ अंक जोड्न पर्याप्त बन्यो ।

एनएसके ओलिम्पिक स्टेडियम किएभमा खेलको सुरुवातदेखि नै बार्सिलोनाले घरेलु टोलीमाथि बल पोसेसनमा पकड राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । ७०औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना विजयी हुन सफल भयो ।

यो जितसँगै समूह चरणमा दुई राउन्डको खेल बाँकी रहँदा बार्सिलोनाले च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने सम्भावना जीवितै राखेको छ । सुरुवाती दुई खेल गुमाएर दवावमा आएको बार्सिलोनाले पछिल्लो दुईमा खेलमा जित निकाल्न सफल भएको हो ।

अब बाँकी दुई खेलमा जित हात पारे बार्सिलोनाले च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा स्थान बनाउनेछ । बार्सिलोनाले बेन्फिका र बायर्नसँग खेल्न बाँकी छ । जितपछि समूह ‘ई’ बार्सिलोना ४ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित किएभ १ अंकसहित पुछारमा छ ।

यही समूहको अर्काे खेलमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा जर्मन क्लब बायर्न म्युनिखले पोर्चुगिज क्लब बेन्फिकामाथि ५–२ को फराकिलो जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको छ । सर्ज जिनाब्री र लिरोए सानेले समान एक गोल थप्दा बेन्फिकाका मोराटो र डार्विन नुनेजले समान एक गोल गरे ।

जितपछि अपराजित रहेको बायर्न ४ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित बेन्फिका ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.