default_image

3 years ago

November 3, 2021

रियल म्याड्रिडलाई साख्तरको चुनौती

40 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा आज राति समूह चरणको विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुँदा स्पेनिस क्लब रियल म्याड्रिडले घरेलु मैदानमा युक्रेनी क्लब साख्तर डोनेस्कको आतिथ्यता गर्दैछ ।

खेल स्टेडियो सान्टियागो बर्नबेउमा नेपाली समयअनुसार राति ११ः३० बजे हुनेछ । घरेलु मैदानमा साख्तर डोनेस्कलाई हराउँदै रियल च्याम्पियन्स लिगको नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउन चहान्छ । समान ६ अंक रहेपनि रियल सेरिफभन्दा पछि छ ।

रियलले गत अक्टोवरमा साख्तरलाई उसकै मैदानमा ५–० को फराकिलो हार चखाएको थियो । रियल सोही जितको लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । साख्तरविरुद्ध भिनिसियस जुनियरले दुई गोल गरेका थिए । चोटका कारण एक खेल गुमाएका फरवार्ड करिम बेन्जेमा टोलीमा फर्किएका छन् ।

भिनिसियस जुनियर, इडेन हाजार्ड, मार्का एसेन्सियो, टोनी क्रुस, लुका मोड्रिच, क्यासमिरो, लुकास भास्क्वेज, इस्को, इडुआर्डाे कामाभिंगा, इडर मिलिसाओ, डेभिड अलावा, नाचो, फर्लान्ड मेन्डी, मार्सेलो, मिगुइल गुइटेरेज र गोलरक्षक थिवाउट कोर्टुवा टोलीमा रहेका छन् । चोटका कारण ग्यारेथ बेल, मारियानो डियाज, रोड्रिगो, फेडे भाल्भेर्डे र ड्यानी सेवालोस टोलीमा रहेका छैनन् ।

यता, साख्तर रियललाई उसकै मैदानमा स्तब्ध पार्दै समूहमा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । टोलीसँग फर्नान्डो, सोलोमोन, एन्टोनियो, बार्वेरान, टेटे, मार्लाेन, डुडो र गोलरक्षक प्याटोभ रहेका छन् । यि दुई टोलीको पछिल्लो पाँच भेटमा रियल ३ खेलमा विजयी हुदा साख्तरले दुई खेल आफ्नो पक्षमा पारेको छ ।

यही समूह ‘डी’ मा मोल्दोभाको एफसी सेरिफले घरेलु मैदानमा इटालियन क्लब इन्टर मिलानको सामना गर्दैछ । घरेलु मैदानमा इन्टरलाई स्तब्ध पार्दै सेरिफ आफ्नो शीर्षतालाई यथावत दिदै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउने लक्ष्यमा हुनेछ ।

सेरिफल ३ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ६ अंक नै रहेपनि रियल म्याड्रिड हेड टु हेडमा दोस्रो स्थानमा रहेको छ । इन्टर मिलान ४ अंक जोडेर चौथो तथा साख्तर १ अंक जोडेर पुछारमा छ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.