default_image

3 years ago

November 3, 2021

पीएसजीलाई लाइप्जिगको चुनौती

33 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको चौथो राउन्डको आज (बुधबार) राति फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले जर्मन क्लब आरबी लाइप्जिगसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल पार्क डेस प्रिन्सेसमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । लाइप्जिगलाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको नकआउट चरण पुग्ने सम्भावना थप मजवुत बनाउने लक्ष्यमा हुनेछ ।

टोलीसँग नेयमार, केलियन एमबाप्पे, एन्जल डि मारिया, इड्रिसा गाना गुआई, डानिलो पेरेइरा, एन्डर हेरेरा, नुनो मेन्डिस, प्रेसनेल किमपेम्वे, मार्किन्हस, अचरफ हाकिमी र गोलरक्षक जियानलुइजी डोन्नररुम्मा रहेका छन् । चोटका कारण लियोनेल मेस्सी टोलीमा हुनेछैनन् ।

यता, अंकविहीन लाइप्जिग घरेलु टोली पीएसजीलाई स्तब्ध पार्दै पहिलो अंकको खोजीमा हुनेछ । लाइप्जिगले तीन खेल खेल्दा जित निकाल्न सकेको छैन । तीनै खेलमा हार बेहोरेको छ । टोलीसँग आन्द्रे सिल्भा, इमिल फोर्सवर्ग, ड्यानियल ओल्मो, क्रिस्टोफोर एनकुकु, कोनराड लेइमेर, एन्जेलिनो, विल्ली ओर्वान, मोहम्मद सिमाकान र गोलरक्षक गुलाक्सी टोलीमा रहेका छन् ।

यही समूह ‘ए’ को अर्काे खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले बेल्जियन टोली क्लब ब्रुगसँग खेल्दैछ । खेल सिटीको मैदान इतिहाद स्टेडियममा राति १ः४५ बजे हुनेछ ।

अन्य खेल

मिलानविरुद्ध एफसी पोर्टाे (राति १ः४५ बजे)

रियल म्याड्रिडविरुद्ध साख्तर डोनेस्क (राति १ः४५ बजे)

बोरुसिया डर्टमुन्डविरुद्ध आयाक्स (राति १ः४५ बजे)

एफसी सेरिफविरुद्ध इन्टर मिलान (राति १ः४५ बजे)

लिभरपुलविरुद्ध एट्लेटिको म्याड्रिड (राति १ः४५ बजे)

स्पोर्टिङ लिस्वनविरुद्ध बेसिक्टास (राति १ः४५ बजे)

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.