default_image

3 years ago

November 3, 2021

युवा फुटबल टोली स्वदेश फर्कियो

34 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ताजिकिस्तानमा भएको एएफसी यू–२३ एसियन कप छनोटमा भाग लिएर नेपाली युवा टोली स्वदेश फर्किएको छ । छनोटका तीनै खेलमा फराकिलो हार बेहोर्दै टोली टोली बुधबार साँझ ६ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो । टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले विमानस्थलमा पुगेर स्वागत गरेका थिए ।

तयारी सन्तोषजनक हुन नसकेकोले प्रदर्शन खराब रहेको युवा टोलीका प्रशिक्षक बालगोपाल महर्जनले बताए । उनले इन्डोनेसियासँगको मैत्रीपूर्ण खेलले केहि फाइदा पुगेपनि राष्ट्रिय टोलीमा रहेका ६ खेलाडीसँग अभ्यास गर्ने मौका नपाएकाले पनि प्रदर्शनमा त्यसको असर परेको बताए । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप खेलेर फर्केको भोली पल्ट नै ६ खेलाडी युवा टोलीका साथ ताजिकिस्तान गएका थिए ।

महर्जनले नेपालको मात्र नभई दक्षिण एसियाकै फुटबल स्तर कमजोर रहेको यो छनोटका दौरान देखिएको बताए । ‘हामी मात्र होइन । अरुले पनि राम्रो गर्न सकेनन् । समग्रमै दक्षिण एसियाको फुटबल स्तरमा समस्या देखिएको छ। श्रीलंका, बंगलादेश र माल्दिभ्सले पनि राम्रो गर्न सकेनन्,’ उनले भने, ‘भारतले अरुको भन्दा केहि राम्रो गर्नुको कारण भने उनीको घरेलु संरचना बलियो भएर हो ।’

युवा टोलीका कप्तान अर्पण कार्कीले इन्डोनेसियासँगको मैत्रीपूर्ण खेलमा केहि लयमा देखिएपनि त्यसलाई छनोटमा भने निरन्तरता दिन नसकेको बताए । उनले व्यक्तिगत रुपमा लिगका लागि तयारी गरिरहेको जनाउँदै अर्पणले मौका पाएसम्म स्वदेशमै लिग खेल्ने बताए ।

छनोटमा समूह बी नेपालले आफ्नो तीन खेलमा हार बर्होने क्रममा १४ गोल खाएको थियो । छनोटमा नेपाल गोल, अंक र जितविहीन बनेको थियो । नेपाली टोली पहिलो खेलमा इरानसँग ४–० ले, ताजिकिस्तानसँग ६–० ले र अन्तिम खेलमा लेबनानसँग ४–० ले पराजित भएको थियो । नेपालले हालसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहिन हुँदै छनोटबाट घर फर्केको थियो । दुवै संस्करणमा नेपालले गोल गर्न सकेको थिएन ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.