default_image

3 years ago

November 4, 2021

बेन्जेमा र भिनि चम्कदा रियल म्याड्रिडको जित

38 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको दुई गोल र ब्राजिली विंगर भिनिसियस जुनियरको दुई असिस्टमा स्पेनिस क्लब रियल म्याड्रिडले युइयफए च्याम्पियन्स लिगमा युक्रेनी क्लब साख्तर डोनेस्कलाई पराजित गरेको छ ।

फेरि एकपटक करिम बेन्जेमा र भिनिसियस जुनियरको समन्वय मिलेपछि रियलले घरेलु मैदानमा साख्तरलाई २–१ ले पराजित गरेको हो । दुवै गोलमा भिनिसियले असिस्ट दिए । साख्तरका फर्नान्डोले एक गोल फर्काए ।

सान्टियागो बर्नबेउमा बुधबार राति भएको खेलमा रियलले खेलको १४औं मिनेटमा बेन्जेमाको गोलबाट अग्रता लिएको थियो । उनले भिनिसियस जुनियरको पासमा गोल गरेका थिए । ३९औं मिनेटमा फर्नान्डोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले एलान प्याट्रिकको पासमा गोल गरेका थिए । ६१औं मिनेटमा करिम बेन्जेमाले भिनिसियसकै पासमा गोल गर्दै रियललाई जित दिलाए ।

जितपछि रियल ४ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित साख्तर १ अंक जोडेर पुछारमा रहेको छ । यही समूह ‘डी’ को अर्काे खेलमा शीर्षस्थानमा रहेको मोल्दोभाको एफसी सेरिफ इटालियन क्लब इन्टर मिलानसँग पराजित भएपछि रियल शीर्षस्थानमा उक्लन सफल भएको हो ।

इन्टर मिलानले सेरिफलाई उसकै मैदानमा ३–१ ले पराजित गरेको छ । इन्टर मिलानको जितमा मार्सेलो ब्रोजोभिक, मिलान स्क्रिनिएर र एलेक्सिस सान्चेजले गोल गरे । सेरिफका एडमा ट्राओरेले एक गोल फर्काए । जितपछि इन्टर ४ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा उक्लदा सेरिफ ६ अंक जोडेर तेस्रो स्थानमा झरेको छ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.