default_image

3 years ago

November 4, 2021

एट्लेटिकोलाई हराउँदै लिभरपुल नकआउट चरणमा

69 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमाथि सहज जित निकाल्दै इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ ।

१० खेलाडीमा समेटिएको एट्लेटिकोलाई २–० ले पराजित गर्दै लिभरपुलले समूह चरणको दुई खेल बाँकी छँदै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । घरेलु मैदान एनफिल्डमा बुधबार राति भएको खेलमा लिभरपुलको जितमा डिएगो जोटा र साडियो मानेले गोल गरे । दुवै गोल पहिलो हाफमा ९ मिनेटको अन्तरमा भएको थियो ।

खेलको १३औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । उनले ट्रेन्ट एलेक्सान्डर अर्नाेल्डको पासमा गोल गरेका थिए । २१औं मिनेटमा अर्नाेल्डकै पासमा साडियो मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

३६औं मिनेटमा एट्लेटिको म्याड्रिड १० खेलाडीमा समेटिन पुग्यो । फिलिपे सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एट्लेटिको समस्यामा परेको थियो । ४८औं मिनेटमा डिएगो जोटाले गोल गरेपनि अफसाइड ठहरिदा उनको गोलले भिएआरबाट मान्यता पाएन ।

५७औं मिनेटमा लुइस सुआरेजले गोलले पनि भिएआरबाट मान्यता पाएन । उक्त गोलको मुभमा सुआरेज अफसाइड देखिएको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुलले जित निकाल्न सफल भयो ।

जितपछि समूह ‘बी’ मा अपराजित रहेको लिभरपुलले ४ खेलबाट १२ अंक जोड्यो । पराजित एट्लेटिको ४ अंक जोडेर तेस्रो स्थानमा झरेको छ । एफसी पोर्टाे ५ अंक जोडेर दोस्रो स्थानमा उक्लदा मिलानले समूहमा पहिलो अंक जोडेको छ ।

यही समूहको अर्काे खेलमा एसी मिलानले एफसी पोर्टाेसँग १–१ गोलको बराबरी खेल्दै च्याम्पियन्स लिगमा पहिलो अंक जोडेको छ । पोर्टाेका लुइस डियाजले गोल गर्दा मिलानले उपहार गोल पाएको थियो ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.