default_image

3 years ago

November 4, 2021

म्यानचेस्टर सिटीको सानदार जित

34 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगमा बेल्जियन टोली क्लब ब्रुगमाथि सानदार जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ ।

सिटीले घरेलु मैदानमा क्लब ब्रुगमाथि ४–१ को फराकिलो जित निकालेको हो । सिटीको सानदार जितमा फिल फोडेन, रियाद महारेज, रहिम स्टर्लिङ र गाब्रियल जेससले गोल गरे । क्लब ब्रुगले एक गोल उपहार पाएको थियो ।

इतिहाद स्टेडियममा गोलको वर्षा भएको खेलमा घरेलु टोली सिटीले खेलको १५औं मिनेटमा फिल फोडेनको गोलबाट अग्रता लिएको थियो । उनले जोओ क्यान्सिलोको पासमा गोल गरेका थिए । तर, सिटीको त्यो अग्रता दुई मिनेट पनि टिकेन । १७औं मिनेटमा जोन स्टोन्सले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो ।

दोस्रो हाफमा सिटीले तीन गोल थप्दै जित पक्का ग¥यो । ५४औं रियाद महारेजले जोओ क्यान्सिलोको पासमा गोल गर्दै सिटीलाई २–१ ले अघि बढाए । ७२औं मिनेटमा इल्केए गुन्डोगानको पासमा रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई फराकिलो जिततर्फ अग्रसर गराए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा गाब्रियल जेससले क्यान्सिलोकै पासमा गोल गर्दै सिटीलाई ४–१ को फराकिलो जित दिलाए ।

यो जितपछि सिटी समूह ‘ए’ मा ४ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित क्लब ब्रुग ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पीएसजी ८ अंक जोडेर दोस्रो स्थानमा रहँदा आरबी लाइप्जिग १ अंक जोडेर पुछारमा रहेको छ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.