default_image

9 years ago

December 5, 2016

दक्षिण एसियाली फुटसल च्याम्पियनसिपमा नेपाल दोस्रो

174 views

0 Bookmark

काठमाण्डौं (हाम्रो खेलकुद) – तेश्रो दक्षिण एसियाली फुटसल च्याम्पियनसिपमा नेपाल दोस्रो भएको छ । बराबरी गरे उपाधि जित्ने खेलमा सोमबार नेपाल आयोजक श्रीलंकासँग २–१ ले पराजित भएपछि दोस्रो स्थानमा सिमित भएको हो ।

ft1
नेपालले सातौं मिनेटमा सुभाष घलानको गोलबाट लिएको अग्रतालाई जोगाउन नसक्दा नतिजा सुम्पेको थियो । खेलको अन्त्यतिर नेपालले सम्हालिन सकेन । खेलको अत्यतिर ४ मिनेटको फरकमा नादानले दुई गोल गर्दै श्रीलंकालाई जित दिलाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।
‘थोरै समय सम्हालिन नसक्दा जित बाट बञ्चित भयौं’ – कप्तान साजन महर्जनले भने । उनले छोटो समयको तयारीमा पनि फाइनल सम्मको यात्रा तय गर्न सकेका भने खुसी ब्यक्त गर्दै टोलीका सम्पूर्ण खेलाडीहरुको मेहनतले सफल भएको बताए । उनले आगामी दिनमा राज्यले यस खेललाई सहयोग पु¥याउने हो भने नेपाल दक्षिण एशियामा उत्कृष्ट टोली बन्ने विश्वास व्यक्त गरे ।
राखेपमा दर्ता नेपाल फुटसल संघका अध्यक्ष देवकुमार अधिकारीले फुटसल विकासका लागि अझै प्रयास गर्ने बताए । राउन्ड रोविनको अन्तिम खेलअघि नेपालले भारतलाई ५–० ,मालदिभ्सलाई ३–२ र पाकिस्तानलाई ९–० ले हराएको थियो । प्रतियोगितामा दक्षिण एसियाका ५ राष्ट्रको सहभागिता थियो ।

sri

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.