9 years ago
December 5, 2016
काठमाडौं (हाम्रो खेलकुद) – रेडबुल फुटसल लिगमा सोमबार कुमारी फुटसल र बानेश्वर रिक्रेसनल सेन्टर विजयी भएका छन् । समुह एमा कुमारीले सोमबार बिजी ब्रदर्शमाथि १५–२ को फराकिलो अन्तरले हरायो ।

कुमारीका लागि अभिषेक रिजाल एक्लैले १० गोल गरे । त्यस्तै दिकेश खड्कीले ह्याट्रिक गरे गरे भने रुपेश क्षेत्री र सुभेत लामाले समान एक गोल गरे । बिजी ब्रदर्शका नारायाण सम्बोहाम्फेले दुई गोल फर्काए । अभिषेक खेलका म्यान अफ दी म्याच घोषित भए ।
१२ खेलपछि २६ अंकका साथ कुमारी दोस्रो स्थानमा उक्लेको छ । बिजी ब्रदर्श १९ अंकसहित सातौं स्थानमा छ । २८ अंकका साथ शंखमुख समूह बीको शीर्षस्थानमा छ भने ताहचल २२ अंकका साथ तेस्रो स्थानमा छ ।
समुह एको खेलमा बानेश्वर रिक्रिएसनल सेन्टरले चौर रिक्रिएसनल सेन्टरलाई ८–२ ले हरायो । बानेश्वरका लागि दिपु लामाले ४ गोल, पूर्ण बहादुर केसीले २ तथा कर्फु रसाइली र मनिष रानाले समान १ गोल गरे । चौरका लागि सन्जोग महर्जनले दुई गोल फर्काए ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]