default_image

9 years ago

December 6, 2016

रेडबुल फुटसल लिगमा  किकअफ र ढुकु बराबरीमा रोकिए

183 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रेडबुल फुटसल लिगअन्तर्गत समूह एको शीर्ष टोली किक अफ फुटसल बराबरीमा रोकिएको छ भने अर्को खेलमा सामाखुसी फुटसल विजयी भएको छ । किक अफ अवे खेलमा ढुकु फुटसल हबसँग ३–३ गोलको बराबरीमा रोकिएको थियो । ढुकुका लागि सुरज रावत,अन्सु कार्की र छबिलाल रोक्काले गोल गरे । किकअफ लागि प्रवेश जोशीले दुई र अर्को गोल रजिन पाण्डेले गरे । ढुकुका गोलकिपर सुमित आले म्यान अफ दि म्याच घोषित भए । 

img_8160
बराबरीपछि पनि किक अफ २८ अंकसहित शीर्षस्थानमा यथावत छ । समान २८ अंक भएपनि गोलअन्तरमा बानेश्वर दोस्रो र २३ अंकका साथ ढुकु तेस्रो स्थानमा छ ।
अर्को खेलमा सामाखुसीले होम टिम किर्तीपुर फुटसललाई १०–३ को फराकिलो अन्तरले हरायो । सामाखुसीका लागि नवीन लामा र सन्तोष तामाङले ह्याट्रिक गरे भने सरोज घिमिरे,देवचन्द थापा मगर,सुजन महर्जन र श्याम नेपालीले एक एक गोल गरे । कीर्तिपुरका लागि अमन महर्जन,प्रताप महर्जन र एपेक्स महर्जनले गोल गरे । सामाखुसीका नवीन म्यान अफ दी म्याच बने ।
जितपछि सामाखुसी २२ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । समान २२ अंक जोडेपनि ताहचल भने चौथो स्थानमा छ । २८ अंकका साथ शंखमुल समूह बीको शीर्षस्थानमा छ भने २६ जाडेको कुमारी दोस्रो स्थानमा छ । कीर्तिपुर १० अंकसहित छैटौं स्थानमा छ ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.