default_image

7 years ago

December 7, 2016

रेडबुल फुटसलमा इम्पेरियलका नीराजनको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – रेडबुल फुटसल लिगमा बुधबार इम्पेरियलले होममा चौर फुटसललाई ८–५ ले हराएको छ । जितपछि कौशलटारको इम्पेरियल समूह एको छैटौं स्थानमा उक्लेको छ । १३ खेलमा टोलीको १२ अंक पुगेको छ । सो समूहमा १२ खेलमा २८ अंक जोड्दै किक अफ शीर्षस्थानमा छ भने समान अंक भएपनि गोलअन्तरमा बानेश्वर दोस्रो स्थानमा छ […]

35 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रेडबुल फुटसल लिगमा बुधबार इम्पेरियलले होममा चौर फुटसललाई ८–५ ले हराएको छ । जितपछि कौशलटारको इम्पेरियल समूह एको छैटौं स्थानमा उक्लेको छ । १३ खेलमा टोलीको १२ अंक पुगेको छ ।

ftsal

सो समूहमा १२ खेलमा २८ अंक जोड्दै किक अफ शीर्षस्थानमा छ भने समान अंक भएपनि गोलअन्तरमा बानेश्वर दोस्रो स्थानमा छ । त्यस्तै समान २३ अंक भएका ढुकु तेस्रो र ह्वाइट हर्स चौथो स्थानमा छ । चौरको १३ खेलमा मात्र ७ अंक छ र टोली समूहको पुछारमा छ ।
बुधबार इम्पेरियललाई जित दिलाउन नीराजन विक्रम गैरेले ह्याट्रिक पुरा गरे भने किसन अधिकारीले २ तथा दिपक घिसिङ,बालकृष्ण केसी र सन्दिप सिलवालले समान १ गोल गरे । चौरका लागि सन्जोग महर्जन र सुवास लामाले समान २ तथा अर्को गोल निराजन गुरुङले गरे । ह्याट्रिक गरेका नीराजन म्यान अफ दी म्याच घोषित भए ।

April 5, 2024

एन्फालाई प्याराडाइमद्वारा २३ लाख प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कलेज फुटसल प्रतियोगिता आयोजना गर्न प्याराडाइम ग्रुप प्रालिले २३ लाख रुपैयाँको प्रायोजन गरेको छ । एन्फाले सामाजिक संजालमार्फत प्रतियोगिताको सम्पूर्ण प्रायोजन अधिकार तथा डिजिटल र ब्रोडकास्ट अधिकारका लागि प्याराडाइमसँग सम्झौता गरेको जनाएको छ । एन्फाका महासचिव किरण राई र प्याराडाइमका सिसन बानियाले प्रायोजन सम्झौतामा हस्ताक्षर […]

February 27, 2024

आइटी फुटसल कप हुने

काठमाडौं (हाम्रो खेलकुद) – एआइटिएम कलेजको आयोजनामा आइटी फुटसल कप २०२४ को आयोजना हुने भएको छ । ब्याचलर पढ्ने विद्यार्थीहरुलाई लक्षित गर्दै चैत ४ गते प्रतियोगिता हुने भएको हो । विजेताले ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्ने प्रतियोगिताको टाइसिट १ चैत्रमा सार्वजनिक हुनेछ । प्रतियोगिताका लागि ३० फाल्गुनसम्म दर्ता मिति रहेको छ । […]

January 22, 2024

भद्रकाली खुल्ला फुटसल फागुनमा

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको भद्रकाली खुल्ला फाइभ ‘ए’ साइड फुटसल प्रतियोगिता फागुन तेस्रो साता हुने भएको छ । भद्रकाली युवा क्लबको आयोजनामा प्रतियोगिता आउदो फागुन १८ र १९ गते रानीपौवा स्पाेर्ट्स सेन्टर पाेखरामा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिताको लागि फागुन १७ सम्म समयसीमा तोकिएको छ । दर्ता शुल्क ४ हजार रुपैयाँ […]

Success

Thank you for your time.