default_image

9 years ago

December 20, 2016

रेडबुल फुटसलको सेमिफाइनलमा सामाखुसी र शंखमुललाई सफलता

175 views

0 Bookmark

काठमाडौं ( हाम्रो खेलकुद)– रेडबुल फुटसल लिगअन्तर्गत सेमिफाइनलको पहिलो खेलमा सामाखुसी र शंखमुल फुटसल विजयी भएका छन् । सामाखुसीले किक अफ फुटसललाई ४–२ ले हरायो । त्यस्तै शंखमुलले ताहचल फुटसललाई ९–१ ले पराजित गर्यो ।

unnamed

सामाखुसीमा कप्तान नविन लामा र श्याम नेपालीले समान २ गोल गरे । किकअफका कृष्ण मल्ल र राज पौडेलले गोल गरे । सामाखुसीका नविन म्यान अफ दि म्याच घोषि भए । दोस्रो लेगको खेल बिहीबार खेल्ने छन् ।

तहाचलविरुद्धको फराकिलो जितमा शंखमुका कप्तान संजोग चाम्लिङ राईले ह्याट्रिक गरे । त्यस्तै अभय राणाले २, दिनेश राजवंशी र निर्मल गुरुङले समान १ गोल गरे । २ गोल आत्मघाती भएको थियो । ताहाचलका एकमात्र गोल सुजित बुढाथोकीले गरे । संजोग म्यान अफ दि म्याच घोषित भए । यी दुई बीचको दोस्रो लेग ताहाचलमा शुक्रबार हुनेछ ।

एएमए इभेन्ट दरबारमार्गको आयोजनामा होम एन्ड अवेको आधारमा असोज १० गतेदेखि सञ्चालन भइरहेको लिगमा राजाधानीका १६ फुटसल टोलीको सहभागिता छ । लिगको सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १० लाख र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन् ।

रेडबुल मुख्य प्रायोजक रहेको प्रतियोगिताको उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरले समान ५० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितालाई फग बडी स्प्रे र जेइटिई मोबाइलले सह प्रायोजन गरेका छन् ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.