9 years ago
December 23, 2016
काठमाडौं (हाम्रो खेलकुद)– शंखमुल र सामाखुसी रेडबुल फुटसल लिगको उपाधिका लागि भिड्ने भएका छन् । ताहचल फुटसलसँग शुक्रबार ७–२ ले पराजित भएपनि पहिलो लेगको फराकिलो जितका कारण शंखमुल फाइनल पुग्न सफल भएको छ । पहिलो खेलमा शंखमुल ९–१ ले विजयी भएको थियो । समग्रमा ११–८ को अग्रताका साथ शंखमुल उपाधि नजिक पुगेको हो ।

दोस्रो लेगमा ताहचलका सुनिल बस्नेतले ह्याट्रिक गरे भने सुजित बुढाथोकीले २ तथा विशाल गुरुङ र अनिल तामाङले समान १ गोल गरे । शंखमुलका शेरबहादुर थापा मगर र विप्लवध्वज शाहले गोल गरे । ताहाचलका गोलकिपर विशाल गुरुङ म्यान अफ द म्याच घोषित भए ।
सामाखुसी बिहीबारनै फाइनलमा पुगिसकेको छ । किक अफ फुटसललाई समग्रमा ६–५ ले हराउँदै सामाखुसी अन्तिम दुईमा पुगेको हो । एएमए इभेन्ट दरबारमार्गको आयोजनामा नेपाली फुटसलमा सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा राजधानीको १६ टोलीको सहभागिता थियो ।
प्रतियोगिताको विजेता टोलीले १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरले समान ५० हजार रुपैयाँ पाउनेछन् । रेडबुल मुख्य प्रायोजक रहेको प्रतियोगितालाई फग बडी स्प्रे, जेडटीई मोबाइलले सहप्रायोजन गरेका छन् । रेडबुल फुटसल लिगको फाइनल पुस २३ गते हुनेछ ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]