9 years ago
January 7, 2017
काठमाडौँ । रेडबुल फुटसल लिगको उपाधि संखमुल फुटसलले जितेको छ । बासबारी स्थीत चौर फुटसलमा शनिबार भएको फाइनलमा सामाखुसि फुटसललाई ३–२ गोल अन्तरले हराउदै संखमुलले उपाधि हात पा¥यो ।

संखमुलको जितमा कप्तान संजोग चाम्लिङ राई,रोनिल महर्जन र शेर बहादुर थापाले एक–एक गोल गरे । सामाखुसिका कप्तान नविन लामा र सौरभ मगरले गोल गरेपनि जितका लागि पर्याप्त भएन ।
संखमुलले शुरुवाती ३ मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो । उसका लागि शेर बहादुर थापाले गोल गर्दै अग्रता दिलाए । त्यो अग्रता लामो समयसम्म टिक्न सकेन । सामाखुसिका नविन लामाले खेलको ६ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । खेलको ११औँ मिनेटमा रोनिल महर्जनले गोल गर्दै पुनः संखमुललाई अग्रता दिलाए । २२औँ मिनेटमा संजोग चाम्लिङ राईले ब्यक्तिगत पहिलो गोल गर्दै ३–१ ले अगाडी बढाए । २६औँ मिनेटमा सामाखुसिका सौरभ मगरले गोल गर्दै खेलमा फर्कने प्रयास गरेपनि थप गोल गर्न नसक्दा संखमुलले ३–२ ले जित हात पा¥यो।
एमए इभेन्ट्सको आयोजनामा पहिलोपटक भएको लिग फुटसल विजेता शंखमूल फुटसलले १० लाख रुपैयाँ हात पा¥यो । उपविजेता सामाखुसीले ५ लाख रुपैयाँमै चित्त बुझाएको छ । विजेता टोलीलाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नगद,ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए । होम एण्ड अवेको आधारमा भएको लिगमा कुल १६ टिमको सहभागीता रहेको थियो ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]