2 years ago
September 8, 2023
काठमाडौँ (हाम्रो खेलकुद) – साविक विजेता लियोपार्ड फिजियोले नेप्टा फुटसल प्रतियोगितामा आफ्नो लक्ष्य उपाधि जित्ने बताएको छ । फिजियोथेरापिस्टहरुको छाता संगठन नेपाल फिजियोथेरापी संघ (नेप्टा) को आयोजनामा हुने प्रतियोगितामा रियोपार्डले उपाधि रक्षा गर्ने लक्ष्य भएको जनाएके छ ।

फिजियोथेरापिस्टहरुलाई व्यायाम, मानसिक रुपमा फुर्ती साथै फिजियोहरूलाई एकै ठाउँ भेटघाट गराउन विश्व फिजियोथेरापी दिवसको अवसरमा नेप्टाले हरेक वर्ष एक दिने प्रतियोगिता आयोजन गर्दै आएको छ ।
विश्वभर सेप्टेम्बर ८ तारिखलाई विश्व फिजियोथेरापी दिवसको रुपमा मनाउँदै आइरहेको छ । ढुकु फुटसल हवमा शनिबार हुने प्रतियोगितामा ७ टोलीको सहभागीता रहनेछ । प्रतियोगिताको विजेताले ३० हजार, र दोस्रो हुनेले २० हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको उपाधि रक्षा गर्न आफूहरू तयार रहेको लियोपार्डका टिम व्यवस्थापक तथा अर्थोप्लास्ट रिह्याव सेन्टरका कार्यकारी निर्देशक समिद कतिला श्रेष्ठले बताए । निकेश डाँगीको कप्तानीमा रहेको टोलीलाई २४ संस्थाले प्रायोजन गरेको छ । प्रतियोगिताको लागि अनुमानित पाँच लाख खर्च हुनेछ । प्रायोजकबाट ३ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

लियोपार्ड फिजियोले गत संस्करणको उपाधि जित्दाका उत्कृष्ट गोलरक्षक आविष्कार पुडासैनी भने यस सिजनमा हुने छैनन् । नेपाल राष्ट्रिय फुटबल टोलीका फिजियो पुडासैनी हाल राष्ट्रिय टोली सँग म्यान्मारमा छन् ।
टोलीमा रविन्द्र बस्नेत, उज्ज्वल डोटेल, युवराज शर्मा, अभिषेक रोकाया, निकेश डाँगी, लाक्पा शेर्पा, सृजन तिम्सिना र अनिष बुढाथोकी छन् । टोलीका हरेक खेलाडीले २० हजार पाउने व्यवस्थापक श्रेष्ठले जनाएका छन् ।
यस संस्करण एन्टागोनिस्ट एफसी, लियोपार्ड फिजियो, एफसी रिभाईभ, एफएनपी च्याप्टर, एसीबीती सक्षम एफसी, फास्ट ट्वीच, र एनएसीयाएचस फिजियोको सहभागिता रहने छ । टोलीले प्रतियोगिता जिते पुरस्कारको शत प्रतिशत नै खेलाडीहरूलाई वितरण गर्ने व्यवस्थापक श्रेष्ठले जानकारी दिए ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]