9 years ago
January 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– लिजेन्ड एफसीले प्रथम रुस्लान भाटभटेनी खुला सेभेन ए साइड फुटसल प्रतियोगिताको उपाधि जितेको छ । भाटभटेनी हेल्थ क्लब प्रा.लि. ले वार्षिकोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगिताको फाइनलमा लिजेन्डले दालभात थकाली चुलोलाई टाइब्रेकरमा ३–२ गोलले हराएको थियो । निर्धारित २० मिनेटको खेल २–२ को बराबरीमा सकिएको थियो ।

उपाधिसंगै लिजेन्डले १ लाख २५ हजार तथा दालभातले ७५ हजार रुपैयाँ प्राप्त गरे । भुगोल डेभलोप्मेन्ट एजुकेसन कम्पनीले केजलाई टाइब्रेकरमा ४–३ ले हराउदै तेश्रो भयो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो । भुगोलले ५० हजार रुपैयाँ प्राप्त गर्यो । ।
चुच्चेपाटीको भाटभटेनी सुपर मार्केटमा भएको प्रतियोगितामा दालभातका रवि थापा उत्कृष्ट खेलाडी तथा लिजेन्डका अनिश श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिए । दुवै समान ५ हजार रुपैयाँ प्राप्त गरे । केज अनुशासित टोली घोषित भयो र १० हजार रुपैयाँ पायो ।
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले विजेता, उपविजेता टोलीलाई पुरस्कृत गरे । सोही अवसरमा दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का, छनोट भएर ओलम्पिकमा खेल्ने पहिलो नेपाली खेलाडी तेक्वान्दोकी संगीना वैद्यलगायतलाई सम्मान गरिएको थियो । सोमबारै नेपाल खेलकुद पत्रकार मञ्च र आयोजक भाटभटेनी हेल्थ क्लब प्रा.लि. बीच भएको मैत्रीपूर्ण खेलमा मञ्च ६–३ ले विजयी भयो ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]